९ भाद्र २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकै दिन आठ हजार ७७४ नयाँ कोरोना सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ६२१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म कोरोनाबाट चार लाख ८ हजार ५५४ जनाको मृत्यु भएको छ । 

भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ५ हजार ६९१ रहेको जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ५४३ पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा अहिलेसम्म सङ्क्रमण मुक्ति भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ । हिजो शनिबार ९ हजार ४८१ व्यक्ति कोरोनाबाट मुक्त भएका छन् । भारतमा कोरोना मुक्ति दर कूल सङ्क्रमितको ९८.३३ प्रतिशत पुगेको छ । कोरोना सङ्क्रमण निको भएकाको यो दर २०२० को मार्चपछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ रहेको छ । यसैसँगै भारतमा कोरोना शुरुभएयता हालसम्म तीन करोड ३९ लाख ९८ हजार २७ व्यक्ति कोरोना भाइरस सङ्क्रमणबाट निको भएको जनाइएको छ । 

यहाँ हालसम्म ६४ करोड भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो ।  सो समयदेखि हालसम्म एक अर्ब २१ करोड ९४ लाख भन्दा बढी डोज खोप लगाइएको छ । (रासस-एएनआई)