• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

टाेखामा कवि गाेष्ठी, २४ जनाले गरे कविता वाचन



कठमाडौँ । छहरा साहित्य प्रतिष्ठानको आयोजनामा आज टोखा क्षेत्रमा खुल्ला कवि गोष्ठी सम्पन्न भएको छ । द ह्वाइट माउन्टेन स्कूलमा आयोजित सो कवि गोष्ठीमा २४ जना कविहरुले आआफ्ना रचनाहरु वाचन गर्नु भएको थियो ।

छहरा साहित्य प्रतिष्ठानका अध्यक्ष योगेन्द्र तिमिल्सिनाको सभापतित्व तथा साहित्यकार रामबाबु सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कवि गोष्ठीमा कविहरु पुष्कर लोहनी, बमबहादुर थापा जिताली, तोया गौतम, डा. बासुदेव काफ्ले, प्रियम्वदा आचार्य, माधव विडारी लगायत कविहरुले आ–आफ्ना रचनाहरु वचन गर्नु भएको थियो ।

प्रस्तुत कविताहरुमा समसामयिक विषयवस्तु तथा राजनीतिक विकृति र विसंगति एवम् सामाजिक तथा प्राकृतिक विषयहरु उठान गरिएका थिए ।

कर्यक्रममा स्थानीय जनप्रतिनिधि, साहित्यानुरागी एवम् बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।