६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकार संस्थागत भ्रष्टाचारमा ओर्लियो –सहमहामन्त्री डा.महत

सरकार संस्थागत भ्रष्टाचारमा ओर्लियो –सहमहामन्त्री डा.महत
अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा ओर्लिएको आरोप लगाएका छन् ।
नेपाल राष्ट्रिय मगर संघद्धारा मोरङको लेटाङमा आयोजित प्रदेश नम्बर १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले भने, यो सरकार संस्थागत भ्रष्टाचारमा ओर्लिएको छ यसको पछिल्लो उदाहरण वाइडबडी खरिद प्रकरण हो ।
डा.महतले वाइडबडी खरिद प्रकरणलाई सरकारले जतिधेरै टालटूल गरे पनि भ्वाङ देखिइसकेको दृष्टान्त पेश गर्दै यस अनियमितताको नेपाली काँग्रेसले सशक्त विरोध गर्ने बताए ।
उनले भने– सरकारले जति नै धेरै जोगाउन खोजेपनि यस प्रकरणका कैयौँ अनियमिता उद्घाटित भइसकेको र त्यसलाई सार्वभौम संसदको संसदीय समितिले सार्वजनिक गरिसकेकोले अब त्यसका आधारमा कारबाही गर्ने या संवैधानिक निकायले छानबीन गर्ने बाहेकको अरु कुनै पनि कार्य काँग्रेसलाई मान्य हुदैन ।
सहमहामन्त्री डा.महतले वर्तमान सरकारले लगानीको वातावरण निर्माण गर्नुको सट्टा झन बिगारेको र यसको असर देखा परिसकेको बताए । नेपालमा लगानीको वातावरण नरहेको र यो कुरा नेपालमा वैदेशिक लगानी घटेकोले प्रमाणित भइसकेको उनको भनाई थियो ।
यो या त्यो गरिदिन्छौँ भनेर झुटो आश्वासन दिएर सत्तामा आएका कम्युनिष्टहरुको वर्षदिनको कामले जनतामा व्यापक निराशा पलाएको तथा उनीहरुका नक्कली आश्वासन जनताले बुझिसकेको पनि उनले बताए ।
दुई तिहाइको भनिएको अहिलेको सरकारबाट जनता आहात भएका, करैकरले थिचेर नागरिकमा वितृष्णा छाएको, उद्योगी व्यावसायीहरुलाई आतंकित बनाइएको, प्रेसलाई तर्साएर आफ्नो नियन्त्रणमा राख्ने प्रयत्न गरिएको तथा देशको कर्मचारी बर्गलाई त्रसित बनाएर पार्टीको नियन्त्रणमा राख्ने दुश्प्रयास गरिएको सहमहामन्त्री डा. महतको भनाई थियो ।
उनले नेपाली काँग्रेसले नै शान्ति स्थापना, संविधान लेखन र संविधान जारी गर्ने कार्यको नेतृत्व गरेको ताजा इतिहास सबैका सामु छर्लंगै हुदाहुदै पनि अहिलेको कम्युनिष्ट सरकारले काँग्रेसले केही गरेको छैन भनेजस्तो गरेर दुश्प्रचार मात्र गरिरहेको डा.महतले बताए ।
नेपाली काँग्रेसको नेतृत्वमा निर्माण र जारी भएको वर्तमान संविधानले नेपालमा जनजाति, महिला तथा पिछडिएको बर्गलाई अधिकार प्रदान गरेको उनले स्मरण गरे । उनले नेपालको एकीकरण तथा अन्य महत्वपूर्ण प्रजातान्त्रिक आन्दोलनहरुमा समेत नेपालका मगर समुदायको उल्लेखनीय भूमिका रहेको स्मरण गरे ।