२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांदसले गरे यस्तो कमाल, तलबभत्ता सामाजिक सेवामा



अ+ अ-

काठमाडौं । पछिल्लो समय सरकारका मन्त्री, सांसद तथा तिनका आफन्तले विभिन्न बहानामा सुविधाको दुरुपयोग गरेको चर्चा चुलीमा छ । तर, गण्डकी प्रदेशका दुई सांसदले भने आफूले बुझ्ने तलबभत्तासमेत सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले प्राप्त सबै तलबभत्ता सामाजिक सेवामा खर्चेका हुन् । दवाडीले पारिश्रमिक र भत्तामा केही रकम थप गरी समाजसेवामा लगाएको बताएका छन् । सांसद दवाडीले पनि सबै विवरण सार्वजनिक गर्ने नयाँ पत्रिकालाई जानकारी दिए । दवाडी कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

कहाँ–कहाँ खर्चिए दवाडीले तलबभत्ता
सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्र भित्रका ३ वटा विद्यालयलाई ५५ हजार ५ सय ५५ रुपैयाँका दरले अक्षयकोष निर्माणका लागि रकम प्रदान गरेको जनाएका छन् । यसैगरी, भूकम्पले भत्काएको मन्दिर निर्माणका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ, २ वटा प्राविलाई ५० हजारका दरले आर्थिक सहयोग, ४ ठाउँमा एम्बुलेन्स किन्नका लागि ५० हजारका दरले सहयोग, भवन निर्माण प्रयोजनका लागि एउटा आमा समूहलाई ५० हजार सहयोग र अर्को आमा समूहलाई भवन निर्माणकै लागि एक लाख रुपैयाँ सहयोग गरेको उनले बताए ।

स्थानीय युवा क्लबलाई ५० हजार र गुरुङ समुदायको ल्होसार मनाउन २५ हजार सहयोग गरेको उनले बताए । तर कति सहयोग भयो भन्ने विषयमा पूरै विवरण उतार्न नभ्याएको उनको भनाइ छ । ‘मेरो तलबभत्ता आउने खातामा कति आएको छ हिसाब गरेको छैन,’ उनले भने, ‘आवश्यक सहयोग गर्न चेक काटेर दिएको छु, नपुगेको पैसा केही आफैँ पनि खातामा जम्मा गरिदिन्छु, पछि सबै स्टेटमेन्ट निकालेर सार्वजनिक गर्छु ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।