• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

मेलम्चीको पानी चक्रपथ बाहिर वितरण गरिने



काठमाडौं । मेलम्चीको पानी चक्रपथबाहिर पनि विस्तार गरिने भएको छ । त्यसका लागि पाइप बिछ्याउन लागिएको छ । सुरुमा चक्रपथभित्रको बस्तीमा पानी वितरण सम्पन्न भएपछि मात्र बाहिर वितरण गरिने मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको थियो । तर, चक्रपथबाहिर पनि घना बस्ती विस्तार भएको र खानेपानीको माग थेगिनसक्नु भएकाले पहिलो चरणमै चक्रपथबाहिर पनि विस्तार गरिन लागिएको निर्देशनालयको प्रवक्ता दिवाकर ढकालले बताए ।

चक्रपथबाहिर पानी वितरणका लागि पाइप बिछ्याउन टेन्डर सम्पन्न भइसकेको र छिट्टै काम सुरु हुने उनले बताए । ‘घना बस्ती भएका कपन, जोरपाटीलगायतका क्षेत्रमा ११५ किलोमिटर पाइप बिछ्याउन टेन्डर सम्पन्न भइसकेको छ, विस्तारै पानीको निकै समस्या भएका ठाउ“मा विस्तार गर्छौं,’ उनले भने । ढकालका अनुसार चक्रपथभित्रका विशालनगर, ताहाचललगायतका क्षेत्रमा पाइप बिछ्याउने काम अझै बाँकी छ । चक्रपथभित्र बिछ्याउनुपर्ने एक हजार किलोमिटर पाइपमध्ये ७५० मिटर मात्र बिछ्याइएको उनले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।