• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

कांग्रेस नेताहरु एकाएक काठमाडौंमा…



काठमाडौं । महासमिति बैठकबाट पारित विभिन्न पाँचवटा प्रस्ताव र प्रतिवेदनलाई परिमार्जन गरी अन्तिम रूप दिन कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको छ । यसअघि पुस मसान्तभित्रै बैठक राख्ने तयारी भए पनि १० माघमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठकमा विधान, राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव, कोषाध्यक्षको प्रतिवेदनले परिमार्जनसहित अन्तिम रूप पाउनेछ । सामान्य परिमार्जन हुने भए पनि केन्द्रीय समितिले आधारभूत विषयलाई नबदल्ने समहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

नेताहरूको व्यस्तताले बैठकमा ढिलाइ
महासमिति समापन हुँदा ७ पुसमा नेता रामचन्द्र पौडेलले १६ पुसदेखि नै सदस्यता अभियान चलाउनुपर्ने माग गरेका थिए । तर, महासमितिका प्रस्तावलाई अन्तिम रूप दिने बैठक १० माघमा मात्रै बस्ने भएको छ । नेताहरूको व्यवस्ताले बैठक बस्न केही ढिलो हुने भएको महतले बताए । ‘पुस २५–२६ गतेतिर बसेर महासमितिबाट पारित पाँचवटा प्रस्ताव र प्रतिवेदनलाई सामान्य परिमार्जन गर्ने तयारी थियो,’ महतले भने, ‘सभापतिको पनि केही दिन कार्यक्रम छ । महामन्त्री डा. शशांक कोइराला पनिकेही दिन बाहिर जानुपर्ने भएकाले १० माघमा बैठक गर्ने तयारी भएको हो ।’

पार्टी जागरण र सदस्यता अभियान
केन्द्रीय समिति बैठकबाट नयाँ सदस्यता अभियान र पार्टी जागरणका कार्यक्रम ल्याउने तयारी भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।