६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सेनालाई युद्धका लागि तयार रहन राष्ट्रपतिको निर्देशन

सेनालाई युद्धका लागि तयार रहन राष्ट्रपतिको निर्देशन
अ+ अ-

देशले संकटकालको सामना गरिरहेका कारण चीनका राष्ट्रपति शी जिनपिंगले पिपल्स लिबरेशन आर्मी अर्थात् पिएलए युद्धको स्थितीका लागि तयार हुनुपर्ने बताएका छन् ।

शुक्रबार सेन्ट्रल मिलिट्री कमिशन (सिएमसी) को बेइजिङमा भएको बैठकमा कशिशनका अध्यक्ष शी जिनपिङले देशमा विभिन्न प्रकारको खतरा बढिरहेकाले अधिकारीहरु सतर्क हुनुपर्ने बताएका छन् ।

द ग्लोबल टाइम्समा छापिएको एक खबर अनुसार शुक्रबार भएको बैठकमा शी जिनपिंगले भने, ‘संसारमा यस्ता विभिन्न परिवर्तन भइरहेका छन् जुन पछिल्लो एक शताब्दीमा भएका थिएनन् र चीन अहिले पनि त्यही अवस्थामा छ जहाँ विकासको रणनीतिक अवसर चीनका लागि महत्वपूर्ण छ ।’

पत्रिकाका अनुसार उनले सैनिकको तालिमका लागि आवश्यक एक आदेशमा पनि हस्ताक्षर गरेका छन् ।

यस्तै, साउथ चाइना मर्निङ पोष्टले जिनपिङको भनाई उद्धृत गर्दै लेखेको छ, ‘सबै सैनिकले राष्ट्रिय खतरा र विकासको धारालाई राम्रोसँग बुझ्नुपर्ने हुन्छ र जस्तो सुकै स्थितीका लागि तयार हुनुपर्छ ।’

युद्धका लागि तयार हुनु भन्दै किन आदेश दिए ?

‘द ग्लोबल टाइम्स’ ले रक्षा मामलाका जानकार सोंग जोंगपिंगलाई उद्धृत गर्दै लेखेको छ, ‘उक्त आदेशमा भनिएको छ कि पिपल्स लिबरेशन आर्मीले चीनको स्थापना दिवसको ७० औं वर्षगाँठको अवसरमा थियानमेन चोकमा सैन्य परेडको आयोजना गरिनेछ जसमा पिएलको सही युद्ध क्षमतालाई प्रदर्शन गरिने छ । ’

उनका अनुसार यो मौकामा सेनाको यस्तो झलक देख्न पाइनेछ जसले युद्ध जित्ने क्षमता राख्छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीन दक्षिण चीन सागरमा आफ्नो उपस्थिती मात्र नभई नियन्त्रण पनि बढाउन चाहन्छ । अमेरिकासँग व्यापार युद्धको विषयमा र ताइवानसँग पनि चीनको सम्बन्ध तनावग्रस्त छ ।

चीन र अमेरिका संसारका दुई सबैभन्दा ठूला अर्थव्यवस्था हुन् र संसारको बजारमा आफ्नो अधिकारका लागि एक प्रकारको परोक्ष लडाईं लडिरहेको छ । दुबै एक अर्काको आयातमा अतिरिक्त शुल्क लगाइरहेका छन् ।

शी जिनपिंगले बैठकमा भने, ‘आपत्कालीन स्थितीमा सेनाले तुरुन्त प्रतिक्रया देओस् र यसका लागि ऊ तयारी अवस्थामा हुनैपर्छ । हामीले साझा अभियानको क्षमता पनि बढाउनुपर्छ र युद्धको नयाँ तरिकाका लागि तयार हुनुपर्छ ।’

चीनको सेन्ट्रल मिलिट्री कमिशनले सैन्य इकाइबीच सार्वजनिक गतिविधी गराइरहेको यो दोस्रोपटक हो । यसअघि गत वर्ष जनवरी ३ तारिखमा पहिलो पटक यस्ता क्रियाकलाप भएका थिए ।

यद्यपी, रक्षा विशेषज्ञ जिनपिंगले सेनाको मनोबल बढाउन र संसारलाई आफ्नो सैन्य ताकतको महसुस गराउनका लागि यस्तो भनिएको बताएका छन् ।