७ आश्विन २०८१, सोमबार
,
Latest
गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव सांसदहरु नआएपछि सोमवारको संसदीय सुनुवाई समितिको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनालाई युद्धका लागि तयार रहन राष्ट्रपतिको निर्देशन



अ+ अ-

देशले संकटकालको सामना गरिरहेका कारण चीनका राष्ट्रपति शी जिनपिंगले पिपल्स लिबरेशन आर्मी अर्थात् पिएलए युद्धको स्थितीका लागि तयार हुनुपर्ने बताएका छन् ।

शुक्रबार सेन्ट्रल मिलिट्री कमिशन (सिएमसी) को बेइजिङमा भएको बैठकमा कशिशनका अध्यक्ष शी जिनपिङले देशमा विभिन्न प्रकारको खतरा बढिरहेकाले अधिकारीहरु सतर्क हुनुपर्ने बताएका छन् ।

द ग्लोबल टाइम्समा छापिएको एक खबर अनुसार शुक्रबार भएको बैठकमा शी जिनपिंगले भने, ‘संसारमा यस्ता विभिन्न परिवर्तन भइरहेका छन् जुन पछिल्लो एक शताब्दीमा भएका थिएनन् र चीन अहिले पनि त्यही अवस्थामा छ जहाँ विकासको रणनीतिक अवसर चीनका लागि महत्वपूर्ण छ ।’

पत्रिकाका अनुसार उनले सैनिकको तालिमका लागि आवश्यक एक आदेशमा पनि हस्ताक्षर गरेका छन् ।

यस्तै, साउथ चाइना मर्निङ पोष्टले जिनपिङको भनाई उद्धृत गर्दै लेखेको छ, ‘सबै सैनिकले राष्ट्रिय खतरा र विकासको धारालाई राम्रोसँग बुझ्नुपर्ने हुन्छ र जस्तो सुकै स्थितीका लागि तयार हुनुपर्छ ।’

युद्धका लागि तयार हुनु भन्दै किन आदेश दिए ?

‘द ग्लोबल टाइम्स’ ले रक्षा मामलाका जानकार सोंग जोंगपिंगलाई उद्धृत गर्दै लेखेको छ, ‘उक्त आदेशमा भनिएको छ कि पिपल्स लिबरेशन आर्मीले चीनको स्थापना दिवसको ७० औं वर्षगाँठको अवसरमा थियानमेन चोकमा सैन्य परेडको आयोजना गरिनेछ जसमा पिएलको सही युद्ध क्षमतालाई प्रदर्शन गरिने छ । ’

उनका अनुसार यो मौकामा सेनाको यस्तो झलक देख्न पाइनेछ जसले युद्ध जित्ने क्षमता राख्छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीन दक्षिण चीन सागरमा आफ्नो उपस्थिती मात्र नभई नियन्त्रण पनि बढाउन चाहन्छ । अमेरिकासँग व्यापार युद्धको विषयमा र ताइवानसँग पनि चीनको सम्बन्ध तनावग्रस्त छ ।

चीन र अमेरिका संसारका दुई सबैभन्दा ठूला अर्थव्यवस्था हुन् र संसारको बजारमा आफ्नो अधिकारका लागि एक प्रकारको परोक्ष लडाईं लडिरहेको छ । दुबै एक अर्काको आयातमा अतिरिक्त शुल्क लगाइरहेका छन् ।

शी जिनपिंगले बैठकमा भने, ‘आपत्कालीन स्थितीमा सेनाले तुरुन्त प्रतिक्रया देओस् र यसका लागि ऊ तयारी अवस्थामा हुनैपर्छ । हामीले साझा अभियानको क्षमता पनि बढाउनुपर्छ र युद्धको नयाँ तरिकाका लागि तयार हुनुपर्छ ।’

चीनको सेन्ट्रल मिलिट्री कमिशनले सैन्य इकाइबीच सार्वजनिक गतिविधी गराइरहेको यो दोस्रोपटक हो । यसअघि गत वर्ष जनवरी ३ तारिखमा पहिलो पटक यस्ता क्रियाकलाप भएका थिए ।

यद्यपी, रक्षा विशेषज्ञ जिनपिंगले सेनाको मनोबल बढाउन र संसारलाई आफ्नो सैन्य ताकतको महसुस गराउनका लागि यस्तो भनिएको बताएका छन् ।