• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही ★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा ★   ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी ★   ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव ! ★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त



काठमाडौं । दुरसंचार प्रदायक संस्था नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अधिकारी टेलिकमकै दशौं तहका कर्मचारी हुन् ।

मन्त्रिपरिषदकाे बैठकले अधिकारीलाइ नियुक्त गरेकाे हाे ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिवकाे अध्यक्षतामा रहेकाे समितिले यसअघि तीन जनाको नाम सिफारिस गरेकाे थियाे । प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएकोमा डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको थियाे ।

कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि यो पद चार महिनादेिख रिक्त थियाे ।

टेलिकम्युनिकेसन इन्जिनियर अधिकारी हाल १० तहमा छन् । उनी खुल्ला प्रतियाेगिताबाट १० तहमा बढुवा भएका थिए । उनीभन्दा संगीता पहाडी ४,५ वर्ष वरिष्ट रहेकाे टेलिकम स्राेतले जनाएकाे छ ।

मन्त्री बास्काेटाका अति निकट मानिएका अधिकारी २०५७ मा सात तहमा सेवा प्रवेश गरेका थिए । उनी अहिले एमडीकै कार्यकक्षमा प्राविधिक सल्लाहकारका रूपमा गत भदाैदेखि कार्यरत छन् ।