६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सभामुखलाई गगन थापाको प्रश्न- तपाईँ सभामुख कि नेकपा सदस्य ?

सभामुखलाई गगन थापाको प्रश्न- तपाईँ सभामुख कि नेकपा सदस्य ?
अ+ अ-


काठमाडौँ । कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएपछि संसदमा सभामुखमााथि खनिएका छन् । उनले पार्टीको कार्यकर्ता जसरी प्रस्तुत भएको आरोप सभामुख कृष्णबहादुर महरालाई लगाएका छन् । सभामुख महराले एकजना सम्मानित सभामुख होइन कि पार्टी कार्यकर्ताको जस्तो व्यवहार देखाएको उनले बताए । सभामुख नेकपाको सदस्य भएपछि आफूहरुले संसदमा अवरोध गरेको उनको भनाई छ ।
‘प्रधानमन्त्रीलाई बोल्न दिने, तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्नु सभामुखको शैली हुकुमी हो, यस्तो मान्छे सभामुख हुन सक्दैन, उहाँले नेकपाको सदस्यजस्तो व्यवहार प्रदर्शन गर्नुभयो । उहाँ सभामुख हो कि पार्टी सदस्य उनले सोधे । कांग्रेसको अवरोधले बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘सभामुखज्यूले सभामुखको कुर्सीमा बसेर पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले हामी विरोधमा उत्रिएका हौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज सम्बोधन गरेका थिए । सम्बोधन गर्नुअघि सभामुखसँग कांग्रेसका ५ सांसदले प्रश्न सोध्ने पूर्वसहमति भएको बताउँदै सांसद थापाले सत्तापक्षको मिलेमतोमा समय नदिएको आरोप लगाए । प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गरेकोमा काँग्रेसले त्यसमा प्रश्न गर्न समय मागेको थियो । तर सभामुखले समय दिएनन् ।
काँग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिएसम्म संसदमा आफूहरुको विरोध जारी रहने नेता थापाले स्पष्ट पारे । आजको बैठक काँग्रेसको अवरोधका कारण रोकिएको थियो ।