• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

राससलाई विराटनगर महानगरले सहयोग गर्ने



विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई रासस प्रदेश नं १ को कार्यालय विराटनगरको आइतबार निरीक्षणपछि जानकारी दिँदै रासस प्रमुख मोहम्मद सदरुल । तस्वीर: मनोज दाहाल/रासस

विराटनगर: विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ कार्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उक्त कार्यालय आज निरीक्षण गर्दै उहाँले जनतालाई सूसुचित गर्ने रासस समयानुकूल बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यालयको मर्मत र रंङरोगनमा सहयोग गर्ने आश्वासन दिँदै महानगर प्रमुख पराजुलीले रासस जनताकै सेवामा समर्पित रहेकाले यो संस्था सबल हुन सके जनतामा अझ सूचनाको हकको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।

उहाँलाई कार्यालय प्रमुख मोहम्मद सदरुल र उपसमाचारदाता मनोज दाहालले कार्यालयको वस्तुस्थितिबारे अवगत गराउनुभएको थियो ।