६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एनआरएनए चीनको विवाद उत्कर्षमा, पीडितले दिए केन्द्रमा उजुरी

एनआरएनए चीनको विवाद उत्कर्षमा, पीडितले दिए केन्द्रमा उजुरी
अ+ अ-

कठमाडौँ । गैरआवासीय नेपाली संघ, एनआरएनएका महासचिव बद्रि केसीका कारण चिनियाँ एनआरएनए सदस्यहरुले आफूहरु अन्यायमा पारेको भन्दै केन्द्रमा उजुरी दिएका छन् । उनीहरुले एनआरएनएको केन्द्रीय समितिकै कारण एनआरएनए चीनमा व्यापक विवाद उत्पन्न भएको र जसले गर्दा आफूहरुमाथि ठूलो उपेक्षा भएको गुनासो गरेका छन् । अघि देखि नै विवाद उत्पन्न भइ खाली रहेको एनआरएनएमा अहिले केन्द्रले गठन गरेको भनिएको तदर्थ समिति अवैध रहेको भन्दै उनीहरुले उजुरी दिएका हुन् । गत डिसेम्बर २७ मा एनआरएनए चीनका सदस्यहरुले हालै केन्द्रले गठन गरेको भनिएको तदर्थ समिति अवैध भएको र त्यसलाई सच्याई वैध रुपमा र सबै पक्षको सहमति र छलफलमा नयाँ समिति गठन गर्न माग गरेका छन् । महासचिव केसीकै कारण विवाद उत्पन्न भएको उनीहरुको जिकीर छ ।
केही समय अघि सम्पन्न भएको एनआरएनको ग्लोबल कन्फ्रेन्समा प्रतिनिधि पठाउन केन्द्रले भनेपछि त्यस समयमा यहाँको एनआरएनएको ‘लेटरहेड’ मा वैधानिक रुपमा तदर्थ समिति गठन गरेर प्रतिनिधि पठाएको तर त्यसलाई अवैध भन्दै उक्त कन्फ्रेन्समा सहभागी हुन नदिएपछि विवाद सतहमा आएको हो । वैधानिक रुपमा नै पहिलेको कार्यसमितिको लेटरहेड नै प्रयोग गरेर प्रतिनिधि पठाउँदा पनि सहभागी हुन नदिइएपछि त्यसबाट एनआरएन चीन सहभागिताबाटै बञ्चित हुनुपरेको थियो । यसबाट चीनका एनआरएनए प्रतिनिधिहरुलाई मर्का परेको र केन्द्रले आफूहरुलाई न्याय गर्न नसकेको एनआरएन चीनका पूर्व अध्यक्ष सञ्जय चेतानीले बताएका थिए । उनले सोही समयमा भनेका थिए— हामीले यसअघि वैधानिक रुपमा हाम्रै लेटर हेडमा एक तदर्थ समिति गठन गरेर पठाउँदा अवैध भनियो तर केन्द्रले के गर्न खोजेको हो भन्ने कुरा भनिएन । जसका कारण हामी आजका दिनसम्म पनि उपेक्षित भइरहेका छौँ ।
तर अहिले के कति कारणले अर्काे समिति बनाइएको भनिएको हो भनेर त्यसको वैधानिकता खोज्ने अभियानमा उनीहरु लागेका छन् । त्यसको वैधानिकता खोज्न र छानबीन गर्न भन्दै केन्द्रीय समितिमा उजुरी दिइएको छ । केही समयमात्र अघि महासचिव केसीको अगुवाईमा चीनका एकजना सदस्यको संलग्नताको नयाँ तदर्थ समिति बनाएर एकलौटी रुपमा मान्यता दिएको जनाएको छ । तर यस विषयमा चीनका अधिकांश सदस्यलाई केही थाहा दिइएको छैन । त्यसैले वैधानिक समितिको गठनका लागि सो उजुरी दिइएको हो । चीनका एनआरएनएले अहिलेको सो समितिबाट गरिएका कुनै कार्यहरु अमान्य हुने बताएको छ ।
सन् २०१७ को शुरुदेखि नै कुनै समितिसम्म पनि नरहेको चीनमा केन्द्रबाटै विना कुनै वैधानिक प्रावधान यस्तो अवैधानिक तदर्थ समिति एकतर्फी रुपमा बिना कुनै सल्लाह बनाउने काम भएको छ—एनआरएनए चीनका निवर्तमान आइसिसी सदस्य डा.राजिवप्रसाद केसरीले जानकारी दिए । उनले भने —कुनै कार्यसमिति नै नरहेर शुन्यमा रहेको उक्त एनआरएन चीनको कुन वैधानिक प्रावधान प्रयोग गरेर यस्तो सदस्य बनाइयो र चीनमा रहेका ९० प्रतिशत सदस्यहरुको असहमति रहेको यस्तो तदर्थ समिति कसरी गठन गरियो अब हामी यसको वैधानिकता खोज्ने काममा लाग्ने छौँ ।
आफूहरुलाई बेवास्ता गरेको, यसअघि वैधानिक रुपमा पटक पटक गठन गरेर पठाइएको तदर्थ समितिलाई नमानेर यहाँका ९० प्रतिशतभन्दा बढी सदस्यहरुको असहमतिमा हाल गठन गरिएको भनिएको तदर्थ समितिका कुनै पनि क्रियाकलापहरु आफूहरुले नमान्ने पूर्व अध्यक्ष चेतानीले बताए । उनले भने, हामी यो ज्यादतिपूर्ण र अवैधानिक निर्णयका विरुद्धमा कानुनी उपचारमा लागेका छौैँ, तदर्थ समिति बनाइएको भनिएको यो पछिल्लो निर्णय म मात्र होइन यहाँका कोही सदस्य पनि मान्ने पक्षमा छैनन् ।
पूर्व अध्यक्ष चेतानीले विगत लामो समयदेखि कार्यरत यस चीन शाखामा एनआरएनको केन्द्रीय समितिका कारण ठूलो ‘बायसनेस’ भएको र अधिकांश सदस्यहरुमा ठूलो गुनासो रहेको बताए । उनले भने, यो अवैध र गलत निर्णय नसच्याउदासम्म हामीहरु कानुनी उपचारको खोजीमा रहन्छौँ, यसको छानबीन होस् र हामीलाई न्याय होस् भन्ने मात्र हाम्रो माग हो ।