• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही ★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा ★   ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी ★   ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव ! ★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ ★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी ★   सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी ★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग

एनआरएनए चीनको विवाद उत्कर्षमा, पीडितले दिए केन्द्रमा उजुरी



कठमाडौँ । गैरआवासीय नेपाली संघ, एनआरएनएका महासचिव बद्रि केसीका कारण चिनियाँ एनआरएनए सदस्यहरुले आफूहरु अन्यायमा पारेको भन्दै केन्द्रमा उजुरी दिएका छन् । उनीहरुले एनआरएनएको केन्द्रीय समितिकै कारण एनआरएनए चीनमा व्यापक विवाद उत्पन्न भएको र जसले गर्दा आफूहरुमाथि ठूलो उपेक्षा भएको गुनासो गरेका छन् । अघि देखि नै विवाद उत्पन्न भइ खाली रहेको एनआरएनएमा अहिले केन्द्रले गठन गरेको भनिएको तदर्थ समिति अवैध रहेको भन्दै उनीहरुले उजुरी दिएका हुन् । गत डिसेम्बर २७ मा एनआरएनए चीनका सदस्यहरुले हालै केन्द्रले गठन गरेको भनिएको तदर्थ समिति अवैध भएको र त्यसलाई सच्याई वैध रुपमा र सबै पक्षको सहमति र छलफलमा नयाँ समिति गठन गर्न माग गरेका छन् । महासचिव केसीकै कारण विवाद उत्पन्न भएको उनीहरुको जिकीर छ ।
केही समय अघि सम्पन्न भएको एनआरएनको ग्लोबल कन्फ्रेन्समा प्रतिनिधि पठाउन केन्द्रले भनेपछि त्यस समयमा यहाँको एनआरएनएको ‘लेटरहेड’ मा वैधानिक रुपमा तदर्थ समिति गठन गरेर प्रतिनिधि पठाएको तर त्यसलाई अवैध भन्दै उक्त कन्फ्रेन्समा सहभागी हुन नदिएपछि विवाद सतहमा आएको हो । वैधानिक रुपमा नै पहिलेको कार्यसमितिको लेटरहेड नै प्रयोग गरेर प्रतिनिधि पठाउँदा पनि सहभागी हुन नदिइएपछि त्यसबाट एनआरएन चीन सहभागिताबाटै बञ्चित हुनुपरेको थियो । यसबाट चीनका एनआरएनए प्रतिनिधिहरुलाई मर्का परेको र केन्द्रले आफूहरुलाई न्याय गर्न नसकेको एनआरएन चीनका पूर्व अध्यक्ष सञ्जय चेतानीले बताएका थिए । उनले सोही समयमा भनेका थिए— हामीले यसअघि वैधानिक रुपमा हाम्रै लेटर हेडमा एक तदर्थ समिति गठन गरेर पठाउँदा अवैध भनियो तर केन्द्रले के गर्न खोजेको हो भन्ने कुरा भनिएन । जसका कारण हामी आजका दिनसम्म पनि उपेक्षित भइरहेका छौँ ।
तर अहिले के कति कारणले अर्काे समिति बनाइएको भनिएको हो भनेर त्यसको वैधानिकता खोज्ने अभियानमा उनीहरु लागेका छन् । त्यसको वैधानिकता खोज्न र छानबीन गर्न भन्दै केन्द्रीय समितिमा उजुरी दिइएको छ । केही समयमात्र अघि महासचिव केसीको अगुवाईमा चीनका एकजना सदस्यको संलग्नताको नयाँ तदर्थ समिति बनाएर एकलौटी रुपमा मान्यता दिएको जनाएको छ । तर यस विषयमा चीनका अधिकांश सदस्यलाई केही थाहा दिइएको छैन । त्यसैले वैधानिक समितिको गठनका लागि सो उजुरी दिइएको हो । चीनका एनआरएनएले अहिलेको सो समितिबाट गरिएका कुनै कार्यहरु अमान्य हुने बताएको छ ।
सन् २०१७ को शुरुदेखि नै कुनै समितिसम्म पनि नरहेको चीनमा केन्द्रबाटै विना कुनै वैधानिक प्रावधान यस्तो अवैधानिक तदर्थ समिति एकतर्फी रुपमा बिना कुनै सल्लाह बनाउने काम भएको छ—एनआरएनए चीनका निवर्तमान आइसिसी सदस्य डा.राजिवप्रसाद केसरीले जानकारी दिए । उनले भने —कुनै कार्यसमिति नै नरहेर शुन्यमा रहेको उक्त एनआरएन चीनको कुन वैधानिक प्रावधान प्रयोग गरेर यस्तो सदस्य बनाइयो र चीनमा रहेका ९० प्रतिशत सदस्यहरुको असहमति रहेको यस्तो तदर्थ समिति कसरी गठन गरियो अब हामी यसको वैधानिकता खोज्ने काममा लाग्ने छौँ ।
आफूहरुलाई बेवास्ता गरेको, यसअघि वैधानिक रुपमा पटक पटक गठन गरेर पठाइएको तदर्थ समितिलाई नमानेर यहाँका ९० प्रतिशतभन्दा बढी सदस्यहरुको असहमतिमा हाल गठन गरिएको भनिएको तदर्थ समितिका कुनै पनि क्रियाकलापहरु आफूहरुले नमान्ने पूर्व अध्यक्ष चेतानीले बताए । उनले भने, हामी यो ज्यादतिपूर्ण र अवैधानिक निर्णयका विरुद्धमा कानुनी उपचारमा लागेका छौैँ, तदर्थ समिति बनाइएको भनिएको यो पछिल्लो निर्णय म मात्र होइन यहाँका कोही सदस्य पनि मान्ने पक्षमा छैनन् ।
पूर्व अध्यक्ष चेतानीले विगत लामो समयदेखि कार्यरत यस चीन शाखामा एनआरएनको केन्द्रीय समितिका कारण ठूलो ‘बायसनेस’ भएको र अधिकांश सदस्यहरुमा ठूलो गुनासो रहेको बताए । उनले भने, यो अवैध र गलत निर्णय नसच्याउदासम्म हामीहरु कानुनी उपचारको खोजीमा रहन्छौँ, यसको छानबीन होस् र हामीलाई न्याय होस् भन्ने मात्र हाम्रो माग हो ।