• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही ★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा ★   ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी ★   ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव ! ★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ

संसदमा यसकारण मच्चियो हंगामा, सभामुख महराको ढंग पुगेन



काठमाडौँ । प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रतिप्रश्न गर्ने कि नगर्ने विषय सामान्य थियो। तर एकैछिनमा दलहरूबीच जुगाको लडाइँ चल्यो र आइतबार प्रतिनिधिसभामा हंगामा मच्चियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सरकारका काम कारबाहीबारे प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा झण्डै १ घण्टाको वक्तव्य दिए। विपक्षी कांग्रेसले प्रधानमन्त्रीसँग प्रतिप्रश्नका लागि सभामुखसँग समय माग्यो।

तर, सभामुख कृष्णबहादुर महराले समय दिने ‘ढंग’ नपुर्‍याएपछि एकैछिनमा विपक्षी कांग्रेस नाराबाजी र अवरोधमा उत्रियो भने विपक्षीको अवरोधबीच सदनको कारवाही अघि बढ्यो।

विपक्षीले समय मागिसकेपछि या त सभामुखले बोल्न नदिने आफ्नो अडानमा अडनुपर्थ्यो, या त बोल्नै दिनुथियो भने स्थिति भड्किन दिनु हुँदैनथ्यो’, सत्तासीन नेकपाका एक नेताले अन्नपूर्णसँग भने, ‘ सभामुखले ढंग नपुर्‍याउँदा दुर्भाग्यपूर्ण अवस्था आइलाग्यो।’