६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सार्वजनिक रूपमा राष्ट्रपतिमाथि आक्रमण, प्रधानमन्त्री ओलीले गरे बचाउ

सार्वजनिक रूपमा राष्ट्रपतिमाथि आक्रमण, प्रधानमन्त्री ओलीले गरे बचाउ
अ+ अ-

काठमाडौं । राष्ट्रपतिका विषयमा सार्वजनिक रूपमा भइरहेका आलोचनालाई गणतन्त्रमाथिकै हमला भएको प्रधानमन्त्री केपी ओलीले टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा आइतबार सार्वजनिक महत्त्वको वक्तव्य दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध विष–बमन हुँदा कसै कसैले त्यसैमा स्वाद मानेको भन्दै संस्थाको मर्यादा नरहे लोकतन्त्र धरासयी हुने बताए। ‘संवैधानिक व्यवस्थामा राष्ट्रपति आफैं बोल्दैन, केही गर्दैन र कुनै प्रतिवाद गर्दैन। जुन संस्था आफैं बोल्दैन, त्यसमाथि हमला गर्नुको अर्थ के रु उनले प्रश्न गरे, ‘गणतन्त्रमा राष्ट्रपतिमाथिको आक्रमण भनेको व्यक्तिमाथिको हमला हैन, गणतन्त्रमाथिकै हमला हो भन्ने हामी किन बुझिरहेका छैनौं ? ’

शीतल निवाससम्बन्धी हरेक निर्णय सरकारले गर्ने भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको बचाउ गरे। ‘विवादमा ल्याइएको शीतलनिवाससम्बन्धी हरेक निर्णय सरकारले गर्छ, राष्ट्रपति संस्थाले हैन’, उनले भने, ‘यस संस्थाको गरिमाका लागि राज्यबाट गरिने व्यवस्थामा अनावश्यक ढोंग वा दरिद्रता प्रदर्शन गरिरहनु पनि आवश्यक छैन।’

१८ करोड मूल्यको गाडी किन्नेदेखि शीतलनिवास साँघुरो भएको भन्दै राष्ट्रपति कार्यालयसँगै रहेको प्रहरी तालिम केन्द्र सार्नेलगायत विषयमा राष्ट्रपतिको चर्को आलोचना भएको थियो।

व्यवस्था बदनाम गर्न खोजियो

प्रधानमन्त्री ओलीले विगतमा सांसद र संसदीय प्रणालीलाई बदनाम गराएर व्यवस्था नै परिवर्तन गरिएको उल्लेख गर्दै त्यस्तै ‘रिहर्सल’ भइरहेको बताए। ‘कुनै समय रक्तअल्पताको औषधि सेवन गर्ने सांसदलाई लक्ष्य गर्दै सुत्केरीको औषधि खायो, पुरुष सांसद सुत्केरी भयो भन्ने अफवाह फैलाइयो। त्यस्ता हर्कतबाट संसद् कति बदनाम भयो र अतिवादलाई कसरी मलजल गर्‍यो ? त्यस्ता हर्कत, असोज १८ र माघ १९ को तयारी थियो भन्नेमा हामी स्पष्टै छौं’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि सबै सांसदलाई ठग, लुच्चा, तेलचोरको रूपमा चित्रित गर्दै, चालक तथा निजी सहयोगीको भत्तासमेत हसुर्ने जस्तो गरी प्रचार भइरहेको छ।

जानेर वा नजानेर सांसदमाथिको हमला, व्यक्तिमाथिको हमला मात्रै हैन प्रकारान्तरमा लोकतन्त्रमाथिको हमला हो, होस गरौं।’ उनले यसको दोष संसद् सचिवालयलाई दिए। ‘सचिवालायले होस नपुर्‍याएर त्रृटि भए सच्चिनुपर्छ’, ओलीले भने, ‘एउटाले बिराउँदा सिंगो प्रणाली अपमान हुन नदिऔं।’

धमिलो पानीमा माछा मार्ने रहर नगर्नुस्

प्रधानमन्त्री ओलीले कर्मचारी समायोजनसम्बन्धी अध्यादेशप्रति विरोध जनाएर धमिलो पानीमा माछा मार्ने रहर नगर्न सुझाए। सरकार र कर्मचारीहरूको आधिकारिक युनियनबीचको सहमततिमै कर्मचारी समायोजन प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले भने, ‘यस प्रसंगमा ‘पानीलाई धमिलो पार्ने र धमिलोमा माछा मार्ने’ रहर नगर्नु नै उपयुक्त हुने म ठान्छु।’ टीकापुरका घटनाका मुख्य अभियुक्तका रूपमा प्रहरी हिरासतमा रहेका रेशम चौधरीको शपथ र वाइडबडी विमान अनियमिताबारे भने प्रधानमन्त्री बोल्न चाहेनन्। उनले भने, ‘कुन विषयमा कस्ता न्यायिक समिति बनाउने हो, सरकार तयार छ।’

सार्वजनिक रूपमा उठेका विषय र सांसदले सोधेका प्रश्नभन्दा चालु वर्षको नीतिरकार्यक्रम तथा बजेट कार्यान्वयनको स्थितिबारे सदनलाई जानकारी दिएका थिए। सरकारले यसवर्षको कार्यभारलाई राज्यको संरचनागत व्यवस्थापन वर्षको रूपमा उल्लेख गरेको उनले बताए। संरचनागत व्यवस्थापन गर्न कानुन, संगठन, जनशक्ति, बजेट र लेखाप्रणाली गरी कम्तीमा पनि पाँच पक्षमा पुनर्संरचनाको खाँचो औंल्याए।

संविधान कार्यान्वयनका लागि कानुन निर्माणमा सरकार सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रदेश र स्थानीय तहमा उपर्युक्त संगठन र दरबन्दी एकिन गरी ती तहमा आवश्यक जनशक्तिको आपूर्ति व्यवस्था मिलाउन कर्मचारी समायोजन अध्यादेश कार्यान्वयनमा ल्याइएको स्पष्ट पारे। पहिलोचोटि वित्तीय संघीयता कार्यान्वयनमा आएकोले बजेट र लेखा प्रणाली बुझ्न र बुझाउन केही अलमलजस्तो देखिए पनि यसले आफ्नो मार्ग पहिल्याएको बताए।

प्रधानमन्त्री ओलीले यस वर्षको पहिलो ५ महिनाको तुलनामा राजस्व संकलनमा ३२ प्रतिशत बढेको उल्लेख गरे। यस्तै आर्थिक वृद्धिदर ८ प्रतिशत हाराहारीमा हुने अनुमान गरिएको बताए। राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको भन्दै उनले समस्या देखिएका केही परियोजनामा सरकारले विशेष अनुगमनको व्यवस्था गरिरहको जनाए। ‘मेलम्ची खानेपानी परियोजनाको निर्माण रफ्तारमा बढेको समयमा केही समस्या आएको छ, हल गर्ने प्रयास जारी छ’, उनले सदनलाई जानकारी दिए।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रमले समाजवादउन्मुख राज्यको गन्तव्य र लोक कल्याणकारी राज्यको चरित्र निश्चित गरेको प्रधानमन्त्रीले दाबी गरे। कार्यक्रमलाई लिएर प्रतिपक्षी दलले विरोध जनाएको प्रति भने उनले कटाक्ष गरे। ‘मेरा मित्र पूर्वप्रधानमन्त्रीले त यसै सदनमा प्रश्न गर्नुभयो, ‘सामाजिक सुरक्षा हामीले हाम्रो पालामा ल्याएको हो, अहिले प्रधानमन्त्रीले आफूले ल्याएको भन्ने रु ’ उनले भने, ‘यसमा अप्ठ्यारो मान्नुपर्ने, मुखै लुकाउनुपर्ने कुरा कहाँबाट आयो रु जो कोहीले जस लिनुस्। हामी प्याटेन्ट राइट वा कपी राइटमा बहस गरका छैनौं।’

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षालगायत विषयमा उल्लेखनीय काम भइरहेको जनाए। ‘सडकमा पोखिने अमर्यादित एवं अराजक भीडले निर्मलालाई न्याय दिने हैन, सरकारले दिन्छ। त्यसको नेतृत्व मैले गरिरहेको छु, ढुक्क रहे हुन्छ’, प्रधानमन्त्रीले भने। समाचार अन्नपूर्ण पोष्टमा छ ।