• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

पत्रकार सम्मेलन गर्दै पर्यटनमन्त्री अधिकारी, राजिनामा नदिने



काठमाडौँ । वाइड बडी प्रकरणमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गरि आफ्नो धारणा सर्वजनिक गर्ने भएका छन । सार्वजनिक लेखा समितिको उपसमितिले कारबाहीका लागी सिफारिस गरेपछि मन्त्री अधिकारीले पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेका हुन ।

मन्त्री अधिकारीले सोमबार बिहान १० बजे मन्त्रालयमै पत्रकार सम्मेलन मार्फत आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन । मन्त्री अधिकारीका प्रेस संयोजक ध्रुव पोखरेलका अनुसार मन्त्री अधिकारीले बाइड बडी खरिद प्रकरणका बारेमा अहिलेसम्म उठेका प्रश्नको जवाफ दिनेछन । साथै उनले बाइड बडीका बारेमा उठेका भ्रम चिर्नेगरी प्रमाणहरू समेत सार्वजनिक गर्नेछन ।

यसअघि नागरिक दैनिक र नेकपाका नेता विजय पौडेलले सञ्चालन गरेको जनतासमाचार अनलाइनले मन्त्री अधिकारीले राजिनामा दिने भनेर अफवाह फैलाएको मन्त्री अधिकारीको सचिवालयले त्यसको खण्डन गरेको छ ।