२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा भिषण आगलागी, एक जना पक्राउ



अ+ अ-

डडेल्धुरा । आइतबार राति डडेल्धुरा जिल्ला सदरमुकाम बागबजारमा भीषण आगलागी भएको छ। जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारको बगरकोट रोडमा राति साढे १२ बजे आगलागी भएको हो ।
आगलागीवाट नौ वटा पसल जलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। करिब दुई घण्टापछि नगरपालिकको दमकल, प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार प्रहरीले आगो लगाएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम ठेगाना खुलाइए छैन। उनले आगो लगाएको प्रहरीसँग स्वीकार गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए।