८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारको पूर्वीगेटमा आगलागी



अ+ अ-

काठमाडौँ । सिंहदरबारको पूर्वीगेट अगाडि अनामनगरमा विजुलीको ट्रान्सफर्मरमा आगलागी भएको छ। विजुलीको ट्रान्सफर्मरमा आगलागी भएपछि अनामनगर क्षेत्रमा विद्युत आवागमन प्रभावित भएको छ ।

सोमबार बिहान ट्रान्सफर्मरमा आगलागी भए लगत्तै दमकलले आगो नियन्त्रणमा लिएको थियो।

सिंहदरबारको पूर्वी गेट अगाडिको ट्रान्सफर्मरमा भएको आगलागी कारण कुनै मानवीय क्षति भने भएको छैन। तत्कालै आगो नियन्त्रण गरिएको हुँदा अन्य भौतिक क्षति पनि नभएको बुझिएको छ।