७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीमाथि हातपात, बालबाल बचे मन्त्री



अ+ अ-

काठमाडौँ । बनमन्त्री शक्तिबहादुर बस्नेतलाई जनयुद्धकालीन उनका सहयोद्धा अमृत नामका पूर्व घाइते लडाकुले हातपातको प्रयास गरेको समाचार छ ।
जनयुद्धको घाइते अमृत बनमन्त्रीको गृहजिल्ला जाजरकोटका हुन् । जवानी जनयुद्धमा सकेका अमृत रोजगारीको खोजीमा काठमाडौं आएका थिए । जिल्ला निवासी तथा चीरपरिचित नेता शक्तिबहादुर बस्नेतलाई भेट्न मन्त्री क्वार्टर हरिहर भवन पुगेका उनलाई मन्त्री बस्नेतले रेस्पोन्स नगरेपछि विवाद भएको मन्त्री क्वार्टर स्रोतले बताएको छ । साँघु साप्ताहिकमा यो सनाचार छ ।

‘हामीले जनयुद्ध लडेर गणतन्त्र ल्याउने तपाई मोज गर्ने ? जनयुद्धका अपाङ्ग घाइतेहरुको व्यवस्थापन नगर्ने भन्दै अमृतले मन्त्रीलाई थर्काएपछि भएको भनाभन अमृतले मन्त्री बस्नेतलाई आक्रमण गर्न खोज्दा मन्त्रीका भतिजा अरुण र मुक्ति बस्नेतले बचाव गरेको बताइएको छ ।

अरुण मुक्तिले अमृतलाई नियन्त्रणमा लिएपछि बनमन्त्री शक्ति बस्नेत कुटाइ खानबाट जोगिएको मन्त्री क्वार्टर स्रोतले बतायो । सिंहदरबारमा तत्कालीन माओवादी पृष्ठभूमिका मन्त्रीहरुमा जनयुद्धका पूर्व लडाकुहरुको त्रास बढेको छ ।

दुई तिहाईको सरकारले पनि जनयुद्धका घाइते,अपाङ्ग र घारबारविहीनहरुको व्यवस्थापन नगरेकोले पूर्व लडाकुहरु मन्त्रीहरुमाथि रिस पोख्ने भन्ने दाउमा रहेको पाइन्छ । स्रोतले भन्यो– ‘आर्थिक सहायताको अपेक्षा राख्दै दैनिक दर्जन बढी पूर्व माओवादी लडाकुहरु सिंहदरबार पुग्ने गर्छन् ।’