६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सभामुख महरा बिरुद्द कांग्रेसले लियो यस्तो एक्सन, अब के गर्छन् महरा ?

सभामुख महरा बिरुद्द कांग्रेसले लियो यस्तो एक्सन, अब के गर्छन् महरा ?
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा राखेका भनाई प्रति सभामुख कृष्ण बहादुर महराले गलत कदम चालेको भन्दै संसद अबरुद्ध गर्ने भएको छ ।


आईतबार संसदमा सभामुख महराले सिमित संख्यामा मात्र बोल्नुपर्ने र समय जम्मा १ मिनेट छुट्याउने बताएपछि उनीहरु थप आक्रोशित बनेका हुन्। कांग्रेसका सांसदहरुले बैठक अवरुद्ध गरेपछि संसद भबन तनावग्रस्त भएको थियो।

प्रधानमन्त्रीसँग प्रश्न गर्न समिति सांसदका लागि मात्र १ मिनेट समय मात्रै छुट्याइएको भन्दै आक्रोशित बनेका कांग्रेस युवा नेता गगन थापासहित अन्य सांसदहरु रोष्टम घेर्न पुगेका थिए । उनिहरुले बिराध गरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरेका थिए।

त्यसपछि बैठकमा सहमति जुटाएर सदनको कार्वाही अगाडी बढाउने प्रयास गरिएपनि कांग्रेसले आफ्नो अडान यथावत राखेपछि सूचना टाँस गरि बैठक आगामी बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको थियो।

बैठकबाट निस्किने क्रममा संचारमध्यमसँग कुरा गर्दै कांग्रेस सांसद गगन कुमार थापाले संसदभित्र सभामुख महराको हुकुमी शैली भएको भन्दै तत्काल यस्तो गलत कदम सच्याउन आग्रह गरेका थिए।

सांसद थापाले सभामुखको कदम गलत र एकपक्षिय भएको भन्दै उक्त कदम नसच्चिएसम्म सदनको काम कार्वाही अघि बढ्न नदिने चेतावानी दिएका छन्।