२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीको जोखिम कम गर्न विपन्न आवास कार्यक्रम



अ+ अ-

राँझा । बाँकेको नरैनापुर गाउँपालिकामा आगलागीको जोखिम न्यूनीकरण गर्न विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ । फुसको छाना भएका कारण प्रत्येक वर्ष गर्मीयाममा नरैनापुरमा आगलागी भई बस्ती नै सखाप हुने गरेकाले फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो ।

चालु आर्थिक वर्षमा गाउँपालिकाका १२५ विपन्न घर परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा वडा नं ५ नयाँ बस्तीका ६० विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ ।

गाउँपालिकाको ३० प्रतिशत र महिला उपकार मञ्च बाँकेको ७० प्रतिशत लागतमा आवास कार्यक्रम शुरु गरिएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले फुसको छाना हटेसँगै नरैनापुरमा आगलागीका घटनामा कमी हुने बताउनुभयो ।
रासस