• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु ★   डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता ★   सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

सांसद चौधरीको मुद्दामाथि सर्वोच्चको सुनवाइ सुरू, के बन्द होला त संसद भवनको ढोका ?



काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सपथ खुवाएको पाँचौ दिनपछि टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीको मुद्दाको सुनवाइ सुरु भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासमा मुद्दाको सुनवाइ सुरु गर्ने भएका भएको हो ।

टिकापुर घटनाका मुख्य दोषी हुदाँहुदैँ पनि निर्वाचन आयोजबाट रोकथोक नभएका चौधरी राष्ट्रिय जनता पार्टीकातर्फबाट भूमिगत अवस्थामै निर्वाचन लडेका थिए । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजय भएका चौधरीलाई निर्वाचन आयोगले प्रमाणपत्र लिन आह्रवान गरेपनि प्रमाणपत्र लिन नआएका चौधरीलाई राजपाको दवापपछि सरकाले बाध्य भएर शपथ खुवाएको थियो ।

चौधरीविरुद्ध कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको झडपमा एक बालकसहित ८ जनाको हत्या गरेको आरोप लागेको थियो। उनलाई रिहा गर्न असार ५ गते सर्वोच्चमा रिट निवेदन परेको थियो। तर सर्वाेच्चले उक्त रिट खारेज गरेको थियो ।

सदरखोर डिल्लीबजारको थुनामा रहेका उनको मुद्दा यसअघि स्थगित हुँदै आएको थियो।