१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद चौधरीको मुद्दामाथि सर्वोच्चको सुनवाइ सुरू, के बन्द होला त संसद भवनको ढोका ?



अ+ अ-

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सपथ खुवाएको पाँचौ दिनपछि टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीको मुद्दाको सुनवाइ सुरु भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासमा मुद्दाको सुनवाइ सुरु गर्ने भएका भएको हो ।

टिकापुर घटनाका मुख्य दोषी हुदाँहुदैँ पनि निर्वाचन आयोजबाट रोकथोक नभएका चौधरी राष्ट्रिय जनता पार्टीकातर्फबाट भूमिगत अवस्थामै निर्वाचन लडेका थिए । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजय भएका चौधरीलाई निर्वाचन आयोगले प्रमाणपत्र लिन आह्रवान गरेपनि प्रमाणपत्र लिन नआएका चौधरीलाई राजपाको दवापपछि सरकाले बाध्य भएर शपथ खुवाएको थियो ।

चौधरीविरुद्ध कैलालीको टीकापुरमा २०७२ भदौ ७ मा भएको झडपमा एक बालकसहित ८ जनाको हत्या गरेको आरोप लागेको थियो। उनलाई रिहा गर्न असार ५ गते सर्वोच्चमा रिट निवेदन परेको थियो। तर सर्वाेच्चले उक्त रिट खारेज गरेको थियो ।

सदरखोर डिल्लीबजारको थुनामा रहेका उनको मुद्दा यसअघि स्थगित हुँदै आएको थियो।