४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाखुसीमा अनियन्त्रित माइक्रोबसको ठक्करबाट एकको मृत्यु, ४ घाइते



अ+ अ-

काठमाडौं । राजधानीको सामाखुसीमा सडक पार गर्दै गरेका बटुवालाई माइक्रोबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

यस्तै उक्त घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ । अन्य तीन घाइतेको ग्रीन सिटी अस्पतालमा सामाखुसीमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा धम्बाराहीकी सीता दाहाल रहेकी छिन् । कलंकीबाट बौद्ध–थलीतर्फ जाँदै गरेको बा १ ज ९७६६ नम्बरको अनियन्त्रित माइक्रोले उनीहरुलाई ठक्कर दिन पुगेको थियो ।

प्रहरीले माइक्रो र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन सुरु गरेको छ ।