• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु ★   डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका



वासिङटन । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको छ ।

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको आर्को चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भइरहेको बताइएको छ । तर त्यस बैठकका लागि स्थानको भने निश्चित भएको छैन ।

अर्को बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन । स्थान र मिति तय गर्ने बारेमा तयारी भइरहेको जानकारी भइरहेको छ ।

आइतबार ह्वाइट हाउसको बाहिर जम्मा भएका समाचारदाताहरुलाई जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भन्नुभयो– उत्तर कोरिया सँगको सम्बन्ध राम्रै गतिमा अघि बढिरहेको छ ।

राष्ट्रपति ट्रम्पलाई उद्धृतगर्दै अमेरिकी टेलिभिजन सिएनएनले भनेको छ– उत्तर कोरियासँगको सम्बन्ध राम्रो हुदै गएको छ, हामीले राम्रोसँग वार्ताहरु अघि बढाइरहेका छैनौँ, अहिले कुनै रोकावट छैन, हामीले आपसमा निकै राम्रो गरिरहेका छौँ ।

तर उत्तर कोरियामाथिको नाकाबन्दी भने जारी नै रहनेछ, त्यो पूरा गति र प्रभावमा नै कायम रहने छ – राष्ट्रपति ट्रम्पले भन्नुभएको भन्दै उक्त टेलिभिजनमा प्रसारण गरिएको छ ।

यसै हप्ताको शुरुमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेताले आफूलाई एक पत्र पठाएको खुलासा गर्नुभएको थियो । किमको पत्रपछि पनि आफुहरुबीच वार्ता भएका र त्यसबाट छिट्टै नै अर्को अथवा दोस्रो चरणको वार्ताका लागि तयारी गरिने उहाँले बताउनुभएको थियो ।

तर उत्तर कोरियाले भने सिंगापुरमा पहिलो चरणको वार्तामा भएका प्रतिबद्धताहरुको कार्यान्वयनमा अमेरिकी पक्षबाट कुनै पनि प्रगति नभएको भन्दै यदि त्यसो भएमा आफ्नो तर्फबाट भएको निशस्त्रीकरणको प्रयासको प्रगति पनि रोकिने बताएको थियो ।

उत्तर कोरियाली नेता किमले नयाँ वर्षका अवसरमा दिनुभएको सन्देशमा अमेरिकाको तर्फबाट उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी हटाउने तथा अन्य कार्यक्रममा कुनै प्रगति नभएको भन्दै यदि त्यस्तो भयो भने आफूहरुको प्रतिबद्धताहरु पनि पूरा गर्नुपर्छ भन्ने नरहेको स्पष्ट गर्नुभएको थियो ।

तर त्यसपछि विकसित परिस्थितिका कारण यी दुई देशबीच अर्को चरणको बैठक हुने देखिएको छ ।