६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कामपाको ‘पिक एण्ड ड्रप’प्रति यात्रुको गुनासो

कामपाको ‘पिक एण्ड ड्रप’प्रति यात्रुको गुनासो
अ+ अ-

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले शुरु गरेको ‘पिक एण्ड ड्रप’ कार्यक्रमप्रति यात्रुको गुनासो छ ।

यही पुस १ गतेदेखि शुरु गरिएको उक्त कार्यक्रमले ट्राफिक जाम कम भएको कामपाले जनाए पनि यात्रुलाई चढ्न र ओर्लन असहज भएकाले उनीहरूले आपत्ति जनाएका हुन् ।

पहिलो चरणमा टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेटलगायत स्थानमा शुरु गरिएको उक्त कार्यक्रममा यात्रुलाई जानकारी नै नगराइ शुरु गरिएकाले पनि अन्योल छाएको हो ।

बालाजुबाट भद्रकालीस्थित एक कार्यालयमा काम गर्न आउने सीता शर्माले भन्नुभयो, “नियमित भद्रकाली झरेर कार्यालय आउँदा निकै सहज भएको र अहिले आरएनएसी कि जमलबाटै आउनुपरेकाले समस्या समस्या भएको छ ।” दुई हप्ता भयो यसरी उहाँ कार्यालय आउने र जाने गर्नुभएको घर फर्कंदा त झन समस्या भएको छ, जमलमा पनि गाडी रोक्दैन आरएनएसीमा पाइएन भने लैनचौर गएर चढ्नुपर्ने बाध्यता छ ।

यसअघि भृकुटीमण्डपबाटै यात्रु चढाउने र ओराल्ने गरिएकामा अहिले कामपाले त्यहा डोरी टागेर राखेको छ । न त गाडी रोक्न पाइन्छ न त यात्रु चढ्न र ओर्लन नै । भक्तपुरबाट दैनिक आवतजावत गर्दै आउनुभएका अर्का यात्रु सन्तोष पौडेलको पनि उही गुनासो थियो ।

पौडेलले भन्नुभयो, “नागरिकको सेवाका लागि यस किसिमको व्यवस्था गरिएको हो भने हामीलाई पहिलेकै व्यवस्था ठीक थियो । छोटो समयमा नै यातायातका साधन रोकी नागरिकलाई सेवा दिन सकिनेछ जसले गर्दा ट्राफिक जामको समस्या पनि कम हुन्छ ।”

यता कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले अहिलेको व्यवस्थाले यातायात व्यवस्थापन निकै सहज भएकाले अन्य स्थानमा पनि उक्त व्यवस्था शुरु गर्न लागिएको बताउनुभयो ।

गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा ट्राफिक जामसँगै समयको बर्बाद हुने गरेको थियो तर अहिले यस्तो समस्या नभएको प्रवक्ता डङ्गोललले उल्लेख गर्नुभयो ।

पहिलोपटक गरिएको कार्य भएकाले नागरिकलाई केही असहज भएको हो विस्तारै बानी पर्दै जान्छ सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा पर्खाइमा बसेका यात्रु, र पैदलयात्रुलाई समस्या हुनाका साथै वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको हो ।

कार्यक्रम प्रभावकारी हँुदा जमल, त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायत स्थानमा सवारी जाम नभएको पनि महानगरको भनाइ छ । बनेपा, भक्तपुर, नागढुङ्गा र चोभार जाने लामो दूरीका बस धेरै नआँउदा र कामपाले एकै स्थानमा लामो समयसम्म रोक्न नदिँदा गाडी नै छुट्ने समस्या भएको छ । यसरी लामो दूरीका सवारी साधन चढने यात्रुका लागि ‘पिक एण्ड ड्रप’ कार्यक्रमले झन समस्या बनाएको छ ।

पूर्णरूपमा यस कार्यक्रम प्रभावकारी बनाउन महानगरले केही स्थानमा मात्रै नभै कामपाको अन्य स्थान र अरु नगरपालिका र महानगरको सहकार्यमा यस कार्यक्रमलाई काठमाडौँ उपत्यकाभरि नै फैलाउनुपर्ने पनि केही यात्रुको भनाइ थियो ।

हरेक दिन नागढुङ्गादेखि आएर न्यूरोडको एक कार्यालयमा काम गर्ने मञ्जु कँडेलले भन्नुभयो, “काठमाडौँमा सावारी साधन जाम हुने समस्या कम गर्ने हो भने केही स्थानमा मात्रै कार्यक्रम ल्याएर पुग्दैन, उपत्यकाभरि नै यस्ता कार्यक्रमलाई विस्तार गर्न आवश्यक छ ।”

उहाँका अनुसार सबै स्थानमा व्यवस्थापन नहुने हो भने एक स्थानको समस्या अर्कै स्थानमा थुप्रर्ने गर्छ, अनि समस्या ज्यूँकात्युँ रहन्छ र नागरिकलाई समस्या हुने कँडेलले भन्नुभयो ।

काठमाडौँमा कलङ्की, बालाजुचोक, चाबहिल चोक, कोटेश्वर सातदोबाटो, माइतीघर थापाथलीलगायत स्थानमा आवतजावत गर्दा नागरिकले सडक जामको समस्या भोग्नु नौलो होइन ।
सबै ठाउँमा पैदलयात्रुका लागि बाटो काट्न आकाशे पुल छैनन् भने भएका जेब्राक्रसिङ पनि स्पष्ट देखिँदैन । कामपाले भौतिक पूर्वाधार निर्माणका लागि चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरेको थियो ।

गत साउनमै कामपाले स्थानान्तरण गर्न सकिने आकाशे पुल आठ स्थानमा निर्माण गर्ने जनाए पनि अहिलेसम्म निर्माणको कामसम्म शुरु भएको छैन ।
रासस