• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु ★   डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता ★   सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

डा.केसीले शब्दहरुलाई सही ढंगले प्रयोग गरे मात्रै इज्जत गर्छु: योगेश भट्टराई



काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले आफूलगायतका सांसदबारे डा.गोविन्द केसीले गरेको टिप्पणीमाथि असन्तुष्टि व्यक्त गरेका छन् । भट्टराईले डा.केसीमाथि टिप्पणी गर्दै केसीले बारम्बार आफ्नै स्तर स्खलित गर्ने गरेको गम्भिर आरोप लगाएका हुन् ।

केसीले आफूसँग भएका सहमति विपरीत शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेपछि आक्रोसित भएका थिए ।
केसीले भट्टराईसहित नेकपाका केही सांसदको नाम लिदै सांसदहरु अब जनतामारा पारामा उत्तिएको र माफियाको पासोमा परेको आरोप लगाएका थिए ।

सोमबार नै बसेको शिक्षा समितिको बैठकमा भट्टराईले डा.केसीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

भट्टराईले भने, ‘प्रधानमन्त्री र हाम्रो पार्टीको अध्यक्ष प्रचण्डबारे जे शब्द प्रयोग गर्नुभएको छ । उहाँले आफ्नो स्तर स्खलित गर्नुभएको छ । यसरी प्रतिवादमा उत्रनु राम्रो होइन ।’

आफ्ना शब्दहरुलाई सही ढंगले प्रयोग गर्दा डा.केसीको पनि इज्जत हुने भट्टराईले बताए ।