१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.केसीले शब्दहरुलाई सही ढंगले प्रयोग गरे मात्रै इज्जत गर्छु: योगेश भट्टराई



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले आफूलगायतका सांसदबारे डा.गोविन्द केसीले गरेको टिप्पणीमाथि असन्तुष्टि व्यक्त गरेका छन् । भट्टराईले डा.केसीमाथि टिप्पणी गर्दै केसीले बारम्बार आफ्नै स्तर स्खलित गर्ने गरेको गम्भिर आरोप लगाएका हुन् ।

केसीले आफूसँग भएका सहमति विपरीत शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेपछि आक्रोसित भएका थिए ।
केसीले भट्टराईसहित नेकपाका केही सांसदको नाम लिदै सांसदहरु अब जनतामारा पारामा उत्तिएको र माफियाको पासोमा परेको आरोप लगाएका थिए ।

सोमबार नै बसेको शिक्षा समितिको बैठकमा भट्टराईले डा.केसीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

भट्टराईले भने, ‘प्रधानमन्त्री र हाम्रो पार्टीको अध्यक्ष प्रचण्डबारे जे शब्द प्रयोग गर्नुभएको छ । उहाँले आफ्नो स्तर स्खलित गर्नुभएको छ । यसरी प्रतिवादमा उत्रनु राम्रो होइन ।’

आफ्ना शब्दहरुलाई सही ढंगले प्रयोग गर्दा डा.केसीको पनि इज्जत हुने भट्टराईले बताए ।