६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘मौसमी बेलुन’ फागुनदेखि नियमित

‘मौसमी बेलुन’ फागुनदेखि नियमित
अ+ अ-



काठमाडौँ ।  मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन आगामी फागुनदेखि ‘मौसमी बेलुन’ उडान नियमित सञ्चालन गर्ने तयारी थालिएको छ । 

उक्त बेलुन उडान सञ्चालनका लागि आवश्यक तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मन्त्रालयअन्तर्गतको विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा गत असार ६ गतेदेखि उक्त बेलुन उडाउन परीक्षण शुरू गरिएको थियो । 

नेपालको मौसमी सूचना प्रणालीमा सुधार तथा आधुनिकीकरणका लागि विश्व बैंकको सहयोगअन्तर्गत मौसमी बेलुन उडान तयारी शुरु गरिएको हो । बेलुनका लागि हाइड्रोजन ग्यास उत्पादन गर्ने जेनेरेटरका लागि अर्काे ग्यासको अभावमा पहिलो चरणको परीक्षण एक महीनापछि बन्द भएको थियो । 

हाल सो उडान गर्ने स्थानमा अन्य आवश्यक पूर्वाधार निर्माण भइरहेको र एक महीनाभित्र निर्माण सम्पन्न भएलगत्तै सेवा सञ्चालन गर्ने विभागका महानिर्देशक डा ऋषिराम शर्माले राससलाई जानकारी दिनुभयो । थप ३० दिन ‘सञ्चालन परीक्षण’ गर्ने र त्यसमा कुनै समस्या नआए सेवा सञ्चालनमा लैजाने विभागले जनाएको छ । 

नियमित सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति र बजेटका बारेमा मन्त्रालयलाई आग्रह गरिसकेको उहाँले बताउनुभयो । विभागका अनुसार उक्त बेलुन उडाउन सेन्सरसहितको दैनिक खर्च २०० अमेरिकी डलर लाग्छ । 

उक्त परियोजनाअन्तर्गत हाल दुई वर्षका लागि पुग्ने खर्चको जोहो भइसकेको र त्यसपछिको खर्चका सम्बन्धमा सरकारले नियमित बजेटमा राख्नुपर्ने विभागले भनाइ छ । 

यसअघि परीक्षणका क्रममा शुरु गरिएको बेलुन प्रत्येक दिन कीर्तिपुरबाट बिहान ५ः३० बजे उडाइएको थियो । त्यसरी उडाइएको बेलुन ३१ दशमलव ६ किलोमिटर माथिसम्म पुगी बिहान ९ बजेसम्ममा काठमाडौँ र नुवाकोटका सिमाना आसपासमा खसेका थिए । 

हाइड्रोजन ग्यास भरिएका यस्ता बेलुनमाथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ । बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्याङ्क पठाउँछ । मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड हुने गरेको छ । 

विभागका अनुसार बेलुनले प्रत्येक सेकेण्डमा उच्च वायुमण्डलको तापक्रम, हावाको गति र दिशा, सापेक्षिक आद्र्रताको जानकारी दिन्छ । त्यसका आधारमा मौसम पूर्वानुमान गरिन्छ । 

अहिले अनुमानका भरमा भइरहेको मनसुन आगामी दिनमा बढी भरपर्दो हुने महानिर्देशक शर्माको दाबी छ । हाल मौसम पूर्वानुमान महाशाखाले ग्लोबल मोडेलबाट नेपालको तीन दिनसम्मको मनसुन पूर्वानुमान गर्दै आएको छ । छिमेकी मुलुक भारतमा भने सातदेखि १० दिनसम्मको मौसम पूर्वानुमान गरिन्छ । 

“शुरूमा तीन दिनको मौसमलाई बढी भरपर्दो बनाउँछौँ, पछि थपेर सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने योजना छ । मौसमी बेलुनले माथिल्लो वायुमण्डलसम्म पुगेर मौसमको विवरण दिने भएकाले पूर्वानुमान गर्न सहज हुनेछ”, महानिर्देशक शर्माले भन्नुभयो । 

बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटका माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यस्तो बेलुन भरपर्दो मौसमी सूचना प्राप्त गर्नका लागि सधैँ दैनिक उडाइरहनुपर्छ । 
–––