• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन

हेल्लो सरकारका कर्मचारीको गुनासो: हामी बेरोजगार भयौँ



काठमाडौ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा प्रशासनिक कामहरु अवरुद्ध भएको छ।

सिंहदरबारमा रहेको नेपाल बिधुत प्राधिकरणको ट्रान्सफर्मर पड्किदा सिंहदर र सिंहदरवार आसपास बिधुित सेवा अबरुद्ध भएको हो । बिधुतिय सेवा अबरुद्धहुदाँ यसको प्रभाव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेको छ। प्रधानमन्त्री कार्यालयबाट संचालन हुने हेलो सरकारका सम्पूर्ण काम कारवाही विद्युत आपूर्ती अवरुद्ध हुँदा रोकिएको उपसचिव प्रद्युम्न उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले ट्विट गर्दै लेखेका छन्, ‘आज सिंहदरबारभित्र ट्रान्सफर्मर पड्केर बत्ती छैन। गुनासा हेर्न, सम्बोधन गर्न पाइएको छैन। हेलो सरकार पूरै ईगभर्नेन्समा गइसकेकाले बत्ती बिना हेलो सरकार टीम बेरोजगार भएको छ।’

सोमबार संसद सचिवालय, नेपाली सेनाको ब्यारेक नजिक र सिंहदरबार वृत्त नजिक गरी तीन ठाँउका ट्रान्सफर्मर एकैपटक पड्किएका थिए।