६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा

सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा अझै दुई हजार २०७ थान छन् ।

नेपालको संविधानले उक्त अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था गरे पनि पर्याप्त न्यायाधीश अभावका कारण अझै पनि पाँच वर्ष नाघेका मुद्दा किनारा लाग्न सकेको छैन ।

सर्वोच्च अदालतमा जम्मा मुद्दा २२ हजार रहेकामा यही पुस १ गतेसम्म पाँच वर्ष नाघेका दुई हजार २०७ तथा तीन वर्ष नाघेका मुद्दा पाँच हजार ६०० छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसदीय सुनुवाइका क्रममा आफ्नो कार्यकालमा पुराना मुद्दालाई यथाशीघ्र फैसला गर्ने योजना बनाइएको जानकारी दिँदै भन्नुभयो, “कुन मुद्दा फछर्योट गर्न कति समय लाग्छ, त्यो हिसाबले मुद्दा फछ्र्योटलाई अनुमनयोग्य बनाएर पुराना मुद्दालाई जतिसक्दो छिटो फछर्योटमा मेरो ध्यानकेन्द्रित हुनेछ ।”

उक्त अदालतमा नेपालको संविधान जारी हुनुभन्दा अगाडि प्रधानन्यायाधीशसहित १५ जना न्यायाधीश रहने व्यवस्था थियो । त्यस समयमा पनि कूल मुद्दा सङ्ख्या २२ हजारकै हाराहारीमा हुने गरेको थियो ।

न्यायाधीशको सङ्ख्या बढे पनि उत्साहजनक रुपमा मुद्दाको किनारा लगाउन सकेको पाइँदैन । प्रधानन्यायाधीश राणाले मुद्दाको विषयवस्तु, सङ्घीयतासम्बन्धी र राष्ट्रिय महत्वका विषयमा शीघ्र किनारा हुनेगरी मुद्दा निराकरण गरिने र त्यसमा वृद्धा, बालबालिका र बन्दीका मुद्दालाई प्राथमिकता दिइने कार्ययोजनामा उल्लेख छ ।

निर्वतमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र यही पुस १७ गते र न्यायाधीश सारदाप्रसाद घिमिरेको पनि २२ गतेखेखि उमेरदका कारण अवकाश भएपछि उक्त अदालतमा प्रधानन्यायाधीशसहित १७ न्यायाधीश छन् ।

न्यायाधीशहरुको अवसकासपछि तत्काल पदपूर्ति नहुनाले पनि मुद्दा फैसला हुनसकेको छैन । अहिले चार न्यायाधीशको पद रिक्त छ । सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायका अनुसार रिक्त स्थानमा न्यायाधीशको पदपूर्ति तत्काल नहुँदा पनि मुद्दाको फैसलामा असर पर्ने गरेको छ ।