६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

यसरी गर्दै सपथको सेटिंग मनांगे !

यसरी गर्दै सपथको सेटिंग मनांगे !
अ+ अ-

पोखरा । मनाङ ख बाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङले गण्डकी प्रदेश सभामा सदस्यको शपथका लागि पहल थालेका छन्। उनले सोमबार प्रदेश सभामुख नेत्रनाथ अधिकारीलाई भेटेर आफ्ना कुरा राखे।

प्रदेशको हिउँदे अधिवेशन सुरु हुने दिन सोमबार प्रदेश सभामै बिहान ११ बजे आइपुगेका गुरुङले सभामुख अधिकारीलाई भेटेका हुन्। ‘उहाँहरु सबै पोजेटिभ हुनुहुन्छ,’ सभामुखलाई भेटेपछि गुरुङले संवाददाताहरुलाई प्रतिक्रिया दिए, ‘५ मिनेटको काम थियो। धारा र उपधाराको बारेमा बुझ्न साढे २ मिनेट पनि लागेन, पढ्नलाई। त्यसपछि मैले एक्स्प्लेन गरें।’

सभामुख अधिकारी बिरामी भएकाले धेरै कुरा नगरेको गुरुङले सुनाए। ‘उहाँ सिधा हुनुहुन्छ। यत्रो दिन कुरिसक्यौं। ९ महिना त जेलमा बस्नुपर्यो। अब एक हप्ता कुर्न के हुन्छ र रु’, उनले भने।

घिउ रङको सुट र चस्मामा राजीव गुरुङ।

सल्लाहकार र प्रतिपक्ष कांग्रेसले राम्रो सल्लाह नदिएजस्तो लागेको गुरुङको प्रतिक्रिया थियो। ‘शपथ लिन पाउने मेरो अधिकार छ, मैले लिन पाउनुपर्छ’, उनले भने। शपथकै लागि अदालत नगुहार्ने उनले बताए।

प्रदेश सभा बैठकको पहिलो खेप २ बजे सकिनुअघि सोमबारै दोस्रोपटक गुरुङ प्रदेश सभा परिसर पुगेका थिए। घिउ रङको कोटपाइन्टमा सजिएका उनी हाइलक्स गाडी चढेर एकजना सहयोगीका साथ प्रदेश सभा प्रवेश गरे। प्रदेश सभा बैठकभित्र भने उनको प्रवेश भएन।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङड ९ओभरकोटमा० लाई पछ्याउँदै राजीव गुरुङ।

प्रदेश सभा सचिवालयका केही कोठाहरुमा पुगे। आगन्तुक झै बाहिर उभिए। सांसदहरु बैठक बाहिर निस्किएपछि सबैभन्दा पहिला कांग्रेस सांसद भागवतप्रकाश मल्लसँग हात मिलाए। सन्चोबिसन्चो सोधीखोजी गरेपछि मल्ललाई आफू राति अबेर पोखरा आएको सुनाए। उनीसँग छुट्टिएपछि मन्त्री र सांसदहरुबीच घेरिएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भएतिर लम्किए।

मुख्यमन्त्री र राजीव दुवै एकअर्काका लागि अपरिचितजस्ता देखिन्थे। एक्कासि जम्काभेट र आँखा जुधाइ भएपछिचाहिँ हात मिलाए। सांसदहरुले मुख्यमन्त्रीलाई चियाखान क्यान्टितिर डोर्‍याए। राजीव पछिपछि लागे। क्यान्टिनमा एकै टेबुलमा बसेर चिया खाए। चिया खाँदा मुख्यमन्त्री र सांसदहरु अनौपचारिक कुरा गरेको राजीव साक्षीमात्रै भए। मुख्यमन्त्री उठेर प्रदेश सभा परिसरबाट बाहिरिएपछि राजीवले संवाददाताहरुसँग कुराकानी गरे।

क्यान्टिनमा टेबुल सेयर।

‘मुख्यमन्त्रीसँग मेरो चिनजान छैन’, राजीवले भने, ‘उहाँले नि मलाई नचिन्ने, मैले पनि उहाँलाई नचिन्ने। मैले उहाँसँग कुरा गरेको पनि छैन, किनभने यो उहाँको विषय होइन।’

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाको पुनरावेदन सर्वोच्चमा चलिरहेका उनी पुस ६ गते रिहा भएका थिए। १० वर्षभन्दा कम सजाय हुने मुद्दा बाहिरै बसेर लड्न मिल्ने नयाँ कानुनी व्यवस्था अनुसार उनी जेलमुक्त भएका हुन्। पुस ११ ले उनले शपथका लागि गण्डकी प्रदेश सभामा निवेदन दर्ता गराएका थिए। २०७४ साल मंसिर १० गतेको प्रदेश सभा निर्वाचनमा उनी मनाङ खबाट निर्वाचित भएका हुन्।

मुख्यमन्त्रीसँग कुराकानीको पर्खाइ।

राजीवले आफ्नो मुद्दा साधारण कुटपिटको मात्रै भएको दाबी गरेका छन्। आफ्नो कुरामा सभामुख कन्भिन्स भएको पनि उनले सुनाए। ‘मेरो पद समानुपातिक हो र रु कसैले मलाई त राजदूत बनाउन लागेको जस्तो कुरा गरेको छ। कुनै संस्थाको जिएम बनाउन लागेको जस्तो गरेको छ। चुनाव जितेर आएको छु। प्रमाणपत्र मसँग छ,’ उनले भने, ‘चुनाव जितेर आएपछि त सकियो नि। मेरो चुनाव लिगल भएन भने नेपालको पूरै चुनाव अवैधानिक हुन्छ।’

आफूलाई शपथ गराएपछि जसलाई चित्त बुझ्दैन उही जाने अभिव्यक्ति गुरुङले दिए। बरु आफू पद छाड्न तयार रहेको पनि उनले सुनाए। सभामुख नेत्रनाथ अधिकारीले गुरुङलाई शपथ नगराउने निर्णय गरेको पत्रकारहरुलाई आइतबार बताएका थिए।

२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेर बायाँ हात छिनालेको आरोपमा मनाङेमाथि ज्यान मार्ने उद्योगको मुद्दा लागेको हो। काठमाडौं जिल्ला अदालतले उनलाई २ वर्ष जेल सजाय तोकेको थियो।

पुनरावेदन अदालत पाटनले २०६९ सालमा उनलाई ५ वर्ष जेल सजाय तोकेको थियो। त्यही सजायलाई सर्वोच्च अदालतले गएको माघमा सदर गरेपछि उनी भूमिगत भएका थिए। तर वैशाख ७ गते उनलाई प्रहरीले पक्रियो। सर्वोच्चमा मनाङले पुनरावेदन निवेदन दिएका थिए। नयाँ फौजदारी संहिता अनुसार १० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने हुँदा मनाङे पुस ६ गते छुटेका हुन्। अन्नपुर्ण पोष्टमा खबर छ ।