१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको ३९९ गोल



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले जित हात पारेको छ ।बार्साले जित हातख पार्द उसका चिरप्रतिद्वन्द्वी रियल म्याड्रिड भने आफ्नै घरेलु मैदानमा पराजित भएको छ।

बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २१ गोलले हरायो भने जारी सिजनको घरेलु लिगमा गतिलो प्रदर्शन गर्न नसकिरहेको रियल घरेलु मैदानमै रियल सोसिएडाडसँग २(० गोलले स्तब्ध बन्यो।

बार्सिलोनाको जितमा अर्जेन्टिनी स्टार लियोनल मेसी र उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजले एक÷एक गोलको योगदान गरे । खेल सुरु भएको २०औं मिनेटमा मेसीले टोलीका लागि पहिलो गोल गरे।

ला लिगामा मेसीले गरेको यो तीन सय ९९औं गोल हो। ३९औं मिनेटमा स्वारेजले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफको खेल सकिनुभन्दा दुई मिनेटअघि जाइम माटाले गेटाफेका लागि एक गोल फर्काएका थिए।

ला लिगाको रेलिगेसन क्षेत्रमा रहेको एथलेटिक बिल्बाओ र सेल्टा भिगोबाहेक सबै टोलीले १८(१८ खेल खेलिसकेका छन् । ४० अंकसहित बार्सिलोना तालिकाको पहिलो स्थानमा छ।

बार्सिलोनासँग पाँच अंकले पछाडि परेको एट्लेटिको म्याड्रिडको ३५ अंक छ । ३३ अंकसहित सेभिल तेस्रो, ३१ अंकसहित आल्भेस चौथो र ३० अंकसहित रियल म्याड्रिड पाँचौं स्थानमा छन्।