१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध’



अ+ अ-

पोखरा। गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मङ्गलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखराको रेडियो जननी ९०.६ मेगाहर्जले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘व्यवसायमा महिला, अवसर र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री थापाले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन हुँदै आएको र व्यावसायिक, राजनीतिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय बन्दै गएको बताउनुभयो । उहाँले व्यावसायिक क्षेत्रमा महिलाको आर्कषण बढाउन प्रदेश सरकारले सहज नीति निर्माण गर्दै आइरहेको बताउनुभयो ।

मन्त्री थापाले प्रदेश सरकारले कोभिड प्रभावित व्यावसायिक क्षेत्रलाई ब्याज सरकारले नै तिर्ने गरी कर्जा उपलब्ध गराउन लागेको जानकारी गराउनुभयो । यसका लागि चालु आर्थिक वर्षको जीवनरक्षा कोषमा रु एक अर्ब राखिएको उहाँको भनाइ छ । सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक क्षेत्रमा महिला पुरुषमा देखिएको विभेदको अन्त्य गर्न सम्बद्ध सङ्घसंस्थाले महिला जागरणसम्बन्धी तालिम समय–समयमा गरिराख्नुपर्ने उहाँले बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय गरेको रक्यान्सरपीडितका लागि नेपाल सरकारले रु एक लाख र गण्डकी प्रदेश सरकारले रु ५० हजार उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य सङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपालको जनगणनाअनुसार ३७ प्रतिशत महिलाले मात्र रोजगारी पाएको बताउनुभयो । महिला आफँै जाग्नुपर्ने आवश्यकतालाई उहाँले औँल्याउनुभयो । सङ्घ महिला उद्यम विकास समिति संयोजक मुना बाँस्तोला व्यवसायमा महिलालाई अझै पनि थुप्रै चुनौती रहेको महिलामैत्री वातावरण अभावमा महिला नेतृत्वमा पुग्न र व्यावसायिक छवि बनाउन अझै समस्या देखिएको बताउनुभयो । 

पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले महिलालाई सुरक्षित वातावरण बनाउनुपर्ने बताउनुभयो । महिलाका अधिकार र मुद्दालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा रेडियोकी संस्थापक अध्यक्ष हीरा भट्टराईलाई जननी सम्मानद्वारा सम्मान गरिएको थियो ।