१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगको अन्तिम दुई खेल आज हुदैँ, के मनाङले रच्ला त ईतिहास ?



अ+ अ-

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता मंगलबार सकिँदैछ।

साढे तीन महिनादेखि जारी खेलको अन्तिम दिन दुई खेल हुँदैछन्। दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा उपाधि विजेता मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उपाधि जितिसके पनि सबै खेल जितेर कीर्तिमान कायम गर्न मनाङका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।

मनाङले यसअघि खेलेका १२ वटै खेल जितेको छ। अंकतालिकाको १२ औं स्थानमा रहेको फ्रेण्ड्स क्लबलाई हारजितले खासै अर्थ नराखे पनि मनाङलाई इतिहास रच्नबाट रोक्ने उसको प्रमुख लक्ष्य हुनेछ। दिउँसो २ बजे सशस्त्र प्रहरीको खेलमैदान हलचोकमा हुने खेलमा न्यूरोड टिम एनआरटी र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पुच्छारमा रहेको एनआरटीले खेल जिते दुई स्थानसम्म माथि उक्लन सक्नेछ भने एघारौं स्थानमा रहेको ब्रिगेड ब्वाइजका लागि नतिजाले खासै असर गर्दैन।

असोज १३ गतेदेखि सुरु भएको लिगको बिजेता मनाङले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। उपविजेता संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख र पाँचौँ स्थान सुरक्षित गरेको एपीएफले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा १४ वट टोलीले भाग लिएका थिए।