१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्वपीडितद्वारा कानूनमन्त्रीलाई पत्र



अ+ अ-

काठमाडौँ । द्वन्द्वपीडित साझा चौतारीले सङ्क्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वपीडितलाई प्राथमिकताका साथ सहभागी गराउन कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई पत्र पठाएको छ ।

चौतारीले आज मन्त्री ढकाललाई पठाएको पत्रमा कानून संशोधनको प्रक्रियामा द्वन्द्वपीडितलाई अलग राख्दा समस्याले निकास पाउने नसक्ने अनुभव भएको हुँदा द्वन्द्वपीडितलाई सहभागी गराउन माग गरिएको छ ।

पत्रमा विगतका अनुभवबाट पाठ सिकेर सबै सरोकारवाला पक्षको सहकार्यमा सङ्क्रमणकालीन न्यायको मार्गचित्र तयार पार्न, ऐन कानून एवं नीति तर्जुमा गर्न, कानून निर्माणका लागि पीडितसँग आवश्यक परामर्श गर्न एवं आयोगलाई विश्वसनीय र परिणाममुखी बनाउन माग गरेको छ ।

चौतारीले कानून संशोधनको अवसरको प्रक्रियामा पनि द्वन्द्वपीडितको माग र मुद्धा सम्बोधन हुन नसकेमा आयोगमा दर्ता भएका धेरै मुद्दा वैकल्पिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यायको बाटोमा जानुपर्ने बाध्यता हुने पत्रमा उल्लेख छ ।

चौतारीले द्वन्द्वपीडितको समस्या समाधान गर्न गत मङ्सिर ४ र ५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गरी वडापत्र जारी गरेको थियो । सो वडापत्रका विषयमा पनि सरकारले ध्यान दिन चौतारीले माग गरेको छ ।