६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्षसँगै : अध्यक्ष प्रचण्ड

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्षसँगै : अध्यक्ष प्रचण्ड
अ+ अ-

चितवन . पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताउनु भएको छ ।

पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई आज यहाँ बोल्दै विकास निर्माणमा हामी सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँदै उहाँले भन्नुभयो “तपाईहरु के नठान्नुहोल भने माथि खिचातानी छ कि भन्ने तर त्यसो होइन ।”

अध्यक्ष दाहालले भन्नुभयो,“राष्ट्रिय मुद्दामा मिलेर काम गर्ने बारेमा प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, म लगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा भएको छ ।” जिल्ला तहमा पनि जनप्रतिनिधि एक ठाउँमा बसेर पुनःनिर्माण र विकासका मुद्दामा छलफल गर्न उहाँले सुझाव दिनुभयो । अध्यक्ष दाहालले भूकम्प प्रभावितलाई ऐलेनी र वनको जग्गामा पुनःनिर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग समन्वय गरी अघि बढ्न पुनःनिर्माणका अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्न लागिएको बताउनुभयो । दुई वर्षपछि प्राधिकरण नहुने भन्दै यसले हासिल गरेका अनुभवलाई स्थानीय तहमा पु¥याउन लागिएको उहाँले बताउनुभयो । पुनःनिर्माणको काम स्थानीय तहमार्फत हुँदा दिगो हुने उहाँले बताउनुभयो ।

सांसद कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, रामलाल महतो, रीना गुरुङ्, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, राप्ति नगरपालिका प्रमुख प्रभा बराल, इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङ्, रत्ननगर नगरपालिका उपप्रमुख बिमला दुवाडी लगायतले बोल्नुभएको थियो । सो अवसरमा जिल्लाका एक महानगरपालिका, चार नगरपालिका र एक गाउँपालिकाका प्रमुख एवं उपप्रमुखसँग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका तर्फबाट सम्झौता गरिएको थियो । सम्झौतामा स्थानीय तह र प्राधिकरणले गर्ने कामका विषयमा ११ बुँदे समझदारी गरिएको छ ।

बैठकमा हालसम्म प्राधिकरणले जिल्लामा गरेका कामका विषयमा प्राधिकरणका कार्यकारी सदस्य हरिराम पराजुली र जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भरतपुरका आयोजना व्यवस्थापक पुष्करप्रसाद पोख्रेलले प्रकाश पार्नुभएको थियो । गोर्खा भूकम्पले जिल्लाका सात हजार ३३५ घरधुरीमा क्षति पुया{एको थियो ।