४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएको तलब आफैं लिन थालेपछि खाता खोल्न सुरु



अ+ अ-

काठमाडौँ । सांसदले पीएको तलब आफैं बुझेर प्रयोग गर्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सुविधा व्यवस्था शाखाले पीएको खाता खोल्न शुरु गरेको छ ।

यसका लागि फाराम भराउन थालिएको र सांसद नै पीए लिएर फारम भर्न आउने गरेको उक्त शाखाका उपसचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँले सकेसम्म यसपालिदेखि पीएको तलब बैंक खातामा पठाउने प्रयास गरिएको बताउनुभयो ।

सिंहदरबारभित्रै रहेको एभरेस्ट बैंकसँग सचिवालयको कारोबार हुने गरेको छ । समाचार आजको नेपाल समाचारपत्रमा