४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाउपडी प्रथा मान्नेको सुविधा कटौती



अ+ अ-

डडेल्धुरा । जिल्लाको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ ।

छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो । देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यूलगायत खानेकुरा खाए देवी रिसाउनेजस्ता कुरीति हटाउन चेतनामूलक अभियान थालिएको उहाँको भनाइ छ ।

“अभिभावकले छाउपडी भएका बेला विद्यालय जानबाट बञ्चित गरिएको भेटिएमा वा छाउपडी भएका महिलालाई छाउगोठमा राखिएको पाइएमा गाउँपालिकाबाट पाउने सेवासुविधा कटौती गर्ने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो । सो निर्णय हालैको गाउँसभाबाट पारित गरिएको हो ।