१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगमा विधागत उत्कृष्ट खेलाडि र प्रशिक्षक को को भए ?



अ+ अ-

काठमाडौँ । मंगलबार सम्पन्न सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबका भरत खवासले उत्कृष्ट फरवार्डको अवार्ड हात पारेका छन्।

अवार्डसहित उनले एक थान पल्सर मोटरसाइकल र नगद ५० हजार हात पारे। यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर मनाङका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर थ्री स्टारका रञ्‍जित धिमाल, उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ र उत्कृष्ट प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए।

सबैले एक एक थान पल्सर मोटरसाइकलसहित नगद ५० हजार हात पारे। यस्तै प्रतियोगितामा आर्मीका डिफेन्डर विकास खवासले ुमणि बिक्रम शाह युवा खेलाडीु अवार्ड जिते। सो अवार्डसँगै उनले नगद एक लाख हात पारे ।

उत्कृष्ट खेलाडी र प्रशिक्षक

उत्कृष्ट गोलकिपर स्विशाल श्रेष्ठ (मनाङ मर्स्याङ्दी)

उत्कृष्ट डिफेन्स: रञ्‍जित धिमाल (थ्री स्टार)

उत्कृष्ट मिडफिल्डर: स्हेमन गुरुङ (मनाङ मर्स्याङ्दी)

उत्कृष्ट फरवार्ड: भरत खवास (त्रिभुवन आर्मी)

उत्कृष्ट प्रशिक्षक: सुमन श्रेष्ठ (मनाङ मर्स्याङ्दी)

मणि बिक्रम शाह युवा खेलाडी अवार्ड: विकास खवास (त्रिभुवन आर्मी क्लब)