५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगमा विधागत उत्कृष्ट खेलाडि र प्रशिक्षक को को भए ?



अ+ अ-

काठमाडौँ । मंगलबार सम्पन्न सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबका भरत खवासले उत्कृष्ट फरवार्डको अवार्ड हात पारेका छन्।

अवार्डसहित उनले एक थान पल्सर मोटरसाइकल र नगद ५० हजार हात पारे। यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर मनाङका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर थ्री स्टारका रञ्‍जित धिमाल, उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ र उत्कृष्ट प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए।

सबैले एक एक थान पल्सर मोटरसाइकलसहित नगद ५० हजार हात पारे। यस्तै प्रतियोगितामा आर्मीका डिफेन्डर विकास खवासले ुमणि बिक्रम शाह युवा खेलाडीु अवार्ड जिते। सो अवार्डसँगै उनले नगद एक लाख हात पारे ।

उत्कृष्ट खेलाडी र प्रशिक्षक

उत्कृष्ट गोलकिपर स्विशाल श्रेष्ठ (मनाङ मर्स्याङ्दी)

उत्कृष्ट डिफेन्स: रञ्‍जित धिमाल (थ्री स्टार)

उत्कृष्ट मिडफिल्डर: स्हेमन गुरुङ (मनाङ मर्स्याङ्दी)

उत्कृष्ट फरवार्ड: भरत खवास (त्रिभुवन आर्मी)

उत्कृष्ट प्रशिक्षक: सुमन श्रेष्ठ (मनाङ मर्स्याङ्दी)

मणि बिक्रम शाह युवा खेलाडी अवार्ड: विकास खवास (त्रिभुवन आर्मी क्लब)