१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले फाइभ–जीको सुरुवात नगर्दै चीन सिक्स–जी अनुसन्धानमा



अ+ अ-

विश्व फाइभ–जी मोबाइल सन्जालमा प्रवेश गर्न नपाउदैै चीन सिक्स–जी मोबाइल नेटवर्कको अनुसन्धानमा लागेको छ।

फाइभ–जी नेटवर्क यसै वर्षको अप्रिलदेखि विश्वमा प्रवेश गर्नेछ। चीनको जियाङ्सु प्रान्तस्थित साउथइस्ट यूनिभर्सिटिका प्राध्यापक यू सियायू सिक्स–जी अध्ययनका प्रमुख हुन्।

फाइभ–जी नेटवर्ककै आधारमा आफूहरु सिक्जी–जीको अध्ययनमा लागेको उनले बताए। फाइभ–जी नेटवर्कभन्दा सिक्स–जी अझ तिव्र गतिको र सुरक्षित हुने यूले जनाएका छन्।

अनुसन्धानमा कसरी मोबाइल सन्चारलाई गुणस्तरीय, छरितो र स्मार्ट बनाउन सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ। प्राध्यापक यूले भने,‘सिक्स–जी प्रविधि भित्राउन लामो समय लाग्नेछ।

व्यावसायिक प्रयोजनका लागि यस प्रविधि सन् २०३० सम्म भित्रिसक्नेछ। हामीले मात्र नभएर कैयौं कम्पनीले यसको अध्ययन थालेका छन्।’