६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अस्पतालबाट डिस्चार्ज भएसँगै म्याराडोना फेरी मेस्सीको आलोचनामा उत्रिए

अस्पतालबाट डिस्चार्ज भएसँगै म्याराडोना फेरी मेस्सीको आलोचनामा उत्रिए
अ+ अ-

अर्जेन्टिनी विश्वकप विजेता म्याराडोना फेरी लियोनल मेस्सीको आलोचनामा उत्रिएका छन्। ग्यास्ट्रिकका बिरामी म्याराडोना पेटमा देखा परेको समस्याका कारण अस्पताल भर्ना भएका थिए।

उनी शुक्रबारमात्र अस्पतालबाट डिस्चार्ज भएका हुन्। म्याराडोनाले फेरी मेस्सीको नेतृत्वदायी क्षमतामा प्रश्न उठाए।

गत वर्षको अक्टोबर महिनामा समेत म्याराडोनाले मेस्सीको नेतृत्वमा प्रश्न गरेका थिए। उनले मेस्सी खेलपूर्व २० पटक ट्वाइलेट जाने खेलाडी भएको बताएका थिए।

‘म मेस्सीलाई सम्मान गर्दछु। उनी उत्कृष्ट खेलाडी हुन्। तर उनीसँग नेतृत्वदायी क्षमता छैन।’ म्याराडोनाले अर्जेन्टिनी पत्रिका ओलेसँग भने,‘यदी म राष्ट्रिय प्रशिक्षक भएको भए। म मेस्सीलाई अन्तर्राष्ट्रिय दायित्वमा फर्काउन चाहान्न थिए। मलाई लाग्छ अर्जेन्टिनीहरुले मेस्सीसँग ठूलो विश्वास गर्नु अर्थहिन छ।’

कुनै समय उनी मेस्सीलाई विश्वकै उत्कृष्ट फुटबलर मान्दथे। यतिबेला तिनै म्याराडोनाले मेस्सी अर्जेन्टिनाको कप्तानको भूमिका सम्हाल्न नसक्ने खेलाडी भएको बताउदै आएका छन्।

यसअघि तिनै म्याराडोनाले सन् २०१० को विश्वकप फुटबलमा अर्जेन्टिनाको कप्तानीको जिम्मा मेस्सीलाई दिएका थिए।

त्यसबेला उनी प्रशिक्षक थिए। सन् २००६ को विश्वकपमा मेस्सी १८ वर्षका थिए। मेस्सीको सोही विश्वकप डेब्यू थियो। एक खेलमा मेस्सीलाई टोलीमा नराख्दा म्याराडोना साह्रै रिसाएका थिए।

उनले मेस्सीलाई टोलीमा अटाउनुपर्ने भन्दै अर्जेन्टिनाका फुटबल अधिकारीसँग झगडा समेत गरेका थिए।