६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चितवन महोत्सवलाई सम्बोधन गर्दै ढकालले भने: चितवन बहुआयामिक बिकासको संगम हो

चितवन महोत्सवलाई सम्बोधन गर्दै  ढकालले भने:  चितवन बहुआयामिक बिकासको संगम हो
अ+ अ-

चितवन । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२औं चितवन महोत्सवलाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्नुभएको छ।

बुधबार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चितवनलाई पहिला ७६औं जिल्लाको रुपमा लिइने गरिएको उल्लेख गर्दै यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भुमिका खेल्ने उल्लेख गर्नुभयो ।

प्राचीन ॠषिहरुको तपस्यास्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवर्द्धन गर्न सकिने सम्भावना औंल्याउदै जंगली जनावरहरुको मुख्य बासस्थान र जंगल सफारीको मुख्य केन्द्र सौराहामा आउने विदेशी पर्यटनकहरुको बसाइँ लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित सुविधासम्पन्न पर्यटकीय पुर्वाधारहरु बनाउन पर्ने जोड दिनुभयो ।

पर्यटकीय क्षेत्रहरू नगरबन, मौलाकाली, देवघाट जस्ता क्षेत्रहरूमा जलमार्ग, स्थलमार्ग, केबलकार र होटलहरुको निर्माण गरि समग्र पर्यटन उद्योग र स्थानीय रोजगारीमा चितवनले महत्त्वपूर्ण योगदान दिन सक्छ उहाँको भनाई थियो ।

पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा प्रदेश न ३ का माननीय मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकाल लगायत विभिन्न उद्योगी व्यवसायीहरूले सम्बोधन गर्नुभएको थियो।


पुस २५ गतेदेखि माघ ४ गतेसम्म १० दिन संचालन हुने १२औं चितवन महोत्सवलाई आइएमई ग्रुप र ग्लोबल आइएमई बैंकले सह– प्रायोजन गरेका छ ।