• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

चितवन महोत्सवलाई सम्बोधन गर्दै ढकालले भने: चितवन बहुआयामिक बिकासको संगम हो



चितवन । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले १२औं चितवन महोत्सवलाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्नुभएको छ।

बुधबार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चितवनलाई पहिला ७६औं जिल्लाको रुपमा लिइने गरिएको उल्लेख गर्दै यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भुमिका खेल्ने उल्लेख गर्नुभयो ।

प्राचीन ॠषिहरुको तपस्यास्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवर्द्धन गर्न सकिने सम्भावना औंल्याउदै जंगली जनावरहरुको मुख्य बासस्थान र जंगल सफारीको मुख्य केन्द्र सौराहामा आउने विदेशी पर्यटनकहरुको बसाइँ लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित सुविधासम्पन्न पर्यटकीय पुर्वाधारहरु बनाउन पर्ने जोड दिनुभयो ।

पर्यटकीय क्षेत्रहरू नगरबन, मौलाकाली, देवघाट जस्ता क्षेत्रहरूमा जलमार्ग, स्थलमार्ग, केबलकार र होटलहरुको निर्माण गरि समग्र पर्यटन उद्योग र स्थानीय रोजगारीमा चितवनले महत्त्वपूर्ण योगदान दिन सक्छ उहाँको भनाई थियो ।

पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन कार्यक्रममा प्रदेश न ३ का माननीय मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकाल लगायत विभिन्न उद्योगी व्यवसायीहरूले सम्बोधन गर्नुभएको थियो।


पुस २५ गतेदेखि माघ ४ गतेसम्म १० दिन संचालन हुने १२औं चितवन महोत्सवलाई आइएमई ग्रुप र ग्लोबल आइएमई बैंकले सह– प्रायोजन गरेका छ ।