• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता



बेइजिङ ।उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ ।

उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ ।

उत्तर कोरियाली नेता किम मङ्गलबार चीनको भ्रमणमा पुग्नु भएको थियो । प्योङयाङको एक प्रमुख कृटनीतिक साथीको रुपमा रहेको चीनको किमको चौथो भ्रमण हो । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता रहेको थियो ।

नेता किम बेइजिङको केद्रीय रेलवे स्टेशनमा मङ्गलबार अपराह्नमा आइपुगेको थियो । एक दिनको बसाई पछि सो रेल उत्तरपूर्वी सीमा इलाकामा फर्किएको एएफपी सामाचार समितिका पत्रकारहरुले जानकारी दिएका छन् ।

किम चिनियाँ राष्ट्रपति सी चिनफिङसँग एक घण्टा भेटवार्ता गर्नु भएको थियो । उत्तर कोरियाली नेता किमको मङ्गलबार नै जन्मदिन पनि परेको जनाइएको छ । यी दुबै नेता प्रथम महिलासहित बेइजिङ ग्रेट हल अफ द पिपुलमा गएका दक्षिण कोरियाली समाचार समिति योन्हापले जनाएको छ ।

किमका साथमा उत्तर कोरियाली प्रथम महिला री सोल जुसहित अरु उत्तर कोरियाली उच्चस्तरीय मण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ ।

किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ता हुने समाचार सार्वजनिक भएको अवस्थामा नै किम चीन भ्रमण गर्नुभएको हो ।

यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर सम्मेलनको पूर्वतयारीका लागि यो भ्रमण भएको भन्ने समाचार पनि सम्प्रेषण गरेका छन् ।

गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो ।

यसै साताको शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताउनुभएको थियो ।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो । अर्को बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन– राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो ।