१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

खप्तड गोल्डकपः पुलिससँग मोरङ पराजित



अ+ अ-

धनगढी । नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा जित हात पार्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार धनगढी रंगशालामा भएको खेलमा मोरङ एघारलाई ३–० गोलअन्तरले पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको लागि अब पुलिसले ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिसको जितमा तीर्थ रानाले ह्याट्रिक गोल गरे । खेलको सुरुवाती समयदेखि दवाव बनाएको पुलिसले तीर्थ रानाले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३५औं मिनेटमा गोल गर्दै पुलिसलाई दोब्बर गरेका थिए ।

खेलको अतिरिक्त समयमा अभिषेककै पासमा तीर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे । ह्याट्रिक गोल गर्दै पुलिसलाई जित दिलाएका हुन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार भ्याली च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्नेछ ।