५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु एक करोड पचास लाख ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ : महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई आज दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताउनुभयो ।