१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले शक्तिको दुरुपयोग गर्योः सांसद थापा



अ+ अ-

काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकपछि बुधबार सञ्चारकर्मीलाई प्रतिकृया दिँदै उहाँले सरकारले उक्त विधेयक प्रतिवेदन बहुमतले पारित गरेर डा गोविन्द केसीसँग भएको सम्झौता र आम जनताको भावनाविरुद्धमा काम गरेको टिप्पणी गर्नुभयो ।

सांसद थापाले सरकारले केही मेडिकल व्यवसायीका लागि नागरिकको स्वास्थ्यसँग जोडिएको विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै यसबारेमा पुनःविचार गर्न सरकारसँग आग्रह गर्नुभयो ।