६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कोमामा रहेकी महिलाले बच्चा जन्माएपछि….

कोमामा रहेकी महिलाले बच्चा जन्माएपछि….
अ+ अ-

काठमाडौं । अमेरिकाको एरिजोना राज्यमा रहेको एक नर्सिङ होममा कोमामा रहेकी एक महिलाले बच्चा जन्माएपछि त्यहाँका मेडिकल प्रमुखले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

कम्पनीले एक विज्ञप्तिमा निर्देशक बिल थोमसनको राजीनामा स्वीकार गरेको जानकारी दिएको छ ।

पीडित महिला फिनिक्स इलाका नजिक रहेको हेसिन्डा हेल्थकेयरको एक क्लिनिकमा करिब एक दशकअघि भर्ना भएकी हुन् । उनी त्यसबेला देखि नै कोमामा रहेका कारण उनलाई हरेक समय हेरचाहको आवश्यकता छ ।

प्रहरीले यो घटनामा यौन शोषण भएका हुनसक्ने भन्दै छानविन सुरु गरेको छ । महिलाको पहिचान भने सार्वजनिक गरिएको छैन । ती महिलाले गत २९ डिसेम्बरमा बच्चा जन्माएको अनुमान गरिएको छ ।

सीबीएस फिनिक्ससँग जोडिएको केपीएचओ–टिभीले एक अज्ञात स्रोतको हवाला दिँदै भनेको छ, ‘हामीलाई भनिएअनुसार महिला चिच्चाइरहेकी थिइन् र उनलाई के भएको हो भन्ने समेत बुझ्न कठिन भएको थियो ।’ ती महिलाले बच्चा जन्माउुअघिसम्म पनि कुनै पनि कर्मचारीलाई ति महिला गर्भवती भएको विषयमा जानकारी थिएन ।

‘यो घटनालाई एउटा भयावह घटनाबाहेक अरु कुनै पनि प्रकारले स्वीकार गर्न सकिन्न,’ कम्पनीको बोर्डका कार्यकारी उपाध्यक्ष ग्यारी ओर्मनले भने, ‘हामी हाम्रो शक्तिअनुसार हरेक एक विरामी र कर्मचारीको सुरक्षा सुनिश्चित गर्नेछौं ।’

न्युयोर्क टाइम्सको नयाँ रिपोर्टपछि यस क्लिनिकमाथि दुव्र्यवहारको आरोप लागेको छ । जसमा विना कपडा या नुहाएको समयमा बिरामीको गोपनियतामाथि ध्यान नराख्ने गरिएको आरोप समेत लागेको छ ।

फिनिक्स प्रहरीका प्रवक्ताले यो घटनाका विषयमा अझै छानविन जारी रहेका कारण केही भन्न नसकिने बताएका छन् । सो क्लिनिकमा नयाँ नियम समेत लागू गरिएको छ ।

अब महिला विरामीको कोठामा पुरष डाक्टर या कर्मचारी कुनै महिलाको साथमा मात्रै प्रवेश गर्न पाउनेछन् । हेसिन्डा हेल्थकेयरले प्रशासनलाई पूरा सहयोग गरिरहेको बताएको छ । एरिजोना स्वास्थ्य विभागले क्लिनिकमा विरामीको निगरानीका लागि निरीक्षक पठाएको र कडा सुरक्षा मापदण्ड लागू गरेको जनाएको छ । समाचार राजधानी दैनिकमा छ ।