३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

मकवानपुरमा लागुऔषध प्रयोगकर्ता पाँच हजार

मकवानपुरमा लागुऔषध प्रयोगकर्ता पाँच हजार
अ+ अ-

हेटौँडा । हेटौँडा–९ की कमला मिजार हेटौँडाको एक उद्योगमा कार्यरत हुनुहुन्छ । आफ्नो छोराको असाध्यै माया गर्नुहुने उहाँले छोरालाई दैनिक एक÷दुई सय खर्च दिने गर्नुहुन्थ्यो, आवश्यकता हेरेर वा साथीको जन्मदिन आदिमा थप खर्च दिन कहिल्यै कन्जुस्याइ गर्नुभएन ।

नौ कक्षा पढ्दै गरेको छोरा दिउँसो कहाँ जान्छ, के गर्छ त्यता उहाँले ध्यान नै दिन भ्याउनुभएन । आफू घर आउँदा छोरा घरमै पाउँदा कमला छोराप्रति झन् गद्गद् नै हुनुहुन्थ्यो । बिस्तारै छोरो धेरै नै सुत्ने र उसको आँखा रातोरातो हुने गरेको देखेपछि भने कमलाको मनमा शंका उब्जियो र निगरानी गर्दा उ कुलतमा लागेको थाहापाएपछि भने छाँगाबाट खसेको जस्तै हुनुभयो ।

बारम्बार साथीको जन्मदिन भन्दै छोरो कहाँ जान्छ वा आफू अफिस गएको बेला छोरोले के गर्दोरहेछ भन्ने थाहा पाउन उहाँले धेरै नै कुर्नुप¥यो ।
छोरोले लागुऔषध सेवन गर्ने गरेको थाहा पाउनुअघि उहाँले अस्पताल मात्र होइन, ‘माता’ कहाँसमेत धाउनुभयो । माताले छोरोलाई कसैले बिगार पारेको भनेर खरानी फुकेर खानदिए पनि रोग निको नभएकाले पछि आफन्तको सल्लाहमा सौजन डिसीसँग भेट गर्नुभयो । डिसी पूर्व लागुपदार्थ प्रयोगकर्ता भएपनि अहिले उनी दुव्र्यसनविरुद्धको अभियानमा लागेका व्यक्ति हुन् ।
डिसीले कमलाको छोरालाई दुव्र्यसनबाट छुटकारा मात्र दिलाएनन् मानव जीवनको महत्व पारिवारिक सम्बन्धबाट हुने फाइदाबारे पनि सिकाए ।

प्रशस्त पैसा भएपनि र आमाबाबुको ध्यान नपुग्दा छोराछोरी कुलतमा पनि सक्छन् भन्ने उदाहारण हो । कमला मिजारको सत्यकथा ।

जिल्ला लागुऔषध समन्वय समितिले लागुऔषधको प्रयोगको रोकथाम गर्न के गर्न सकिन्छ भन्ने विषयमा हेटौँडामा बुधबार आयोजित अन्तरक्रियामा बोल्दै कमला मिजारले आफूले भोगेका पीडा सुनाउनुभएकोे हो । आमाले बोलिरहँदा छोरा विश्वास भने मुसुमुुसु हाँस्दै आमाको भिडियो खिच्दै थिए । जिल्ला लागुऔषध समन्वय समितिका संयोजक सन्दीप शाक्यका अनुसार मकवानपुरमा ७२० जनाले सुइमार्फत लागुऔषध प्रयोग गर्दै आएका छन् । अन्य विधिमार्फत लागुऔषध प्रयोग गर्नेको सङ्ख्या पाँच हजारभन्दा माथि छ । मकवानपुरमा छ वटा पुनःस्थापना केन्द्र छ् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रलयको आयोजनामा हेटाँैडामा देवानी र फौजदारी संहितासम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा दुबै संहिताको विविध विषयमा जानकारी गराउनाका साथै सूचना प्रविधिको विकासलाई समेत विचार गरी न्याय प्रशासन तथा सम्पादनलाई आधुनिकीकण गर्न तथा प्रविधिमैत्री बनाउन एवं प्रविधिको विकासबाट सिर्जित कतिपय कसुरजन्य कार्यलाई कानूनको दायरामा ल्याउन संहिता आवश्यक भएको जानकारी दिइएको थियो ।