५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी बेपत्ता



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाको एक नेपाली विद्यार्थी बेपत्ता भएका छन्।

अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको सीमामा पर्ने अल्वरीस्थित मुर्रे नदीमा पौडी खेल्नेक्रममा २१ वर्षिय विगुल पण्डित डुबेर बेपत्ता भएको नेपाली दूतावासले जानकारी दिएको छ ।

बुधबार साँझ सात बजेतिर उनि बेपत्ता भएको खबर पाए लगतै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयमसेवक घटना स्थलमा पुगेका थिए । स्थानिय प्रहरीले खोजी तिब्र पारेपनि नदिको पानी धमिलो भएकाले खोजी कार्य प्रभावित भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

हराईरहेका पण्डित चाल्स स्टर्ट विश्वविद्यालयमा अध्ययनरत थिए। पण्डित पहिलो पटक नदीमा पौडी खेलिरहेका थिए।
प्रत्यक्षदर्शीका अनुसार घुँडासम्म आउने पानीमा बिगुल साथीभाईसँग पानी छ्यापाछ्याप र फुटवल खेल्दै रमाईलो गरिरहेका थिए। अचानक गायब भएपछि सबै जना मिलेर खोजे पनि फेला पारेका थिएनन्।