२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँमा फसेका एक सय ५० पर्यटकको सेनाद्वारा उद्धार



अ+ अ-

भारत । भारतको सिक्किममा हिउँमा फेसका १ सय ५० पर्यटकलाई भारतीय सेनाले उद्धार गरेका छन्।

भारी हिमपात भएपछि उत्तरी सिक्किमको प्रख्यात पर्यटकिय स्थल लाचुङ उपत्यका घुम्न गएका पर्यटकहरु हिउँमा फसेका थिए।

अप्रत्याशित रुपमा २ घण्टासम्म परेको हिमपातले पर्यटकहरु बाहिर निस्कन सकेका थिएनन्। भारतीय सेनाको त्रिशक्ति समूहले घटनाबारे जानकारी पाए लगत्तै उद्धार गरेको हो।

करिब ४ घण्टाको अन्तरालमा सेनाले जोखिममा रहेका पर्यटकको ज्यान जोगाएका हुन्। मेडिकल टिमसहित सेनाको टोली त्यस स्थानमा पुगेका थियो।

पर्यटकहरुमा स्वासप्रस्वास र उचाइका कारण निम्तने समस्याहरु देखा परेका थिए। सेनाले उनीहरुलाई खाना, बस्न र स्वास्थ्य सेवाको सुविधा प्रदान गरेका थियो।

सिक्किममा गत डिसेम्बर २८ तारिखमा समेत यस्तै घटना घटेको थियो। हिमपातका कारण निम्तनसक्ने खतरा मध्यनजर गर्दै भारतीय सेनाले सिक्किम नटुला क्षेत्र घुम्न गएका ३ हजार पर्यटकको उद्धार गरेका छ।