• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

सरकारविरुद्ध प्रदर्शन जारी, बिहीबार तीनको मृत्यु



खार्तुम । सुडानमा सरकारको विरोधमा शुरु भएको प्रर्दशनको क्रममा तीन व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।


खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशिरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरु रहेका थिए । सरकारले पाउरोटीको मूल्य तेब्बर गरेको भन्दै सुडानको राजधानी खार्तुम करिब एक महिनादेखि विरोध प्रदर्शन जारी रहेको छ ।


खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा स्वतन्त्रता र शान्तिका लागि न्याय र क्रान्ति एकमात्र विकल्प भन्दै प्रदर्शन गरिरेहका सर्वसाधारणमाथि प्रहरीले अश्रु ग्याँस हानेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

ओम्डुम्र्यान सडकमा सरकारको विरोधमा प्रदर्शन गरिरहेका तीन जना प्रदर्शनकारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । तर उनीहरु कसरी मारिए भन्ने बारेमा भने प्रष्ट गरिएको छैन ।
गैरकानूनी रुपमा ओम्डुम्र्यान सडकमा जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्नको लागि प्रहरीले अश्रु ग्याँस हानेको प्रहरी प्रवक्ता हासिम अब्देलरहिमद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ ।

यस प्रदर्शनको क्रममा तीन प्रदर्शनकारीको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएको जानकारी प्रहरीले प्राप्त गरेको र यस विषयमा अनुसन्धान भइरहेको पनि प्रहरी प्रवक्ताले जानकारी दिनुभएको समाचारमा उल्लेख छ ।

ओम्डुम्र्यान अस्पतालमा बुधबार अबेर राति गोली लागेर घाइते भएका छ जना व्यक्तिको उपचार गरिएको एक चिकित्सकले जानकारी दिएका छन् ।

गोली प्रहारबाट घाइते भएका ती व्यक्तिहरुको उपचार गरिएको जानकारी ती चिकित्सकले दिएका छन् । तर यस बारेको विस्तृत विवरण भने प्राप्त नभएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

यसैगरी चिकित्सकहरुद्धारा प्रकाशित एक विज्ञप्तिमा अस्पतालभित्रै प्रहरीले अश्रु ग्याँस र गोली प्रहारसमेत भएको बताइएको छ । यस विषयमा सरकारको कुनै भनाई आएको छैन ।