![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/death_1470208667.jpeg)
चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–२ बदासेको सेरा निवासी २६ वर्षीया टीकालाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आज बिहान बाटो हिँडिरहेको अवस्थामा प्रशारण लाइनको तार चुडेर जमीनमा लत्रिरहेको अवस्थामा नदेखेर कुल्चँदा उनलाई करेन्ट लागेको थियो । घाइते अवस्थामा काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणको लापवाहीका कारण जिल्लामा करेन्ट लागेर विगतदेखि हालसम्म धेरैले ज्यान गुमाइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।