६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन र सार्वजनिक बिदा दिन कमल थापाको प्रधानमन्त्री ओलीसँग माग

राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन र सार्वजनिक बिदा दिन कमल थापाको प्रधानमन्त्री ओलीसँग माग
अ+ अ-

‘यो एक वर्षमा जनताले सरकारबाट परिवर्तनको अनुभुति गर्न पाएनन्’
‘एकताको लागि म त राणा र लोहनीजीलाई कुरेर बसिरहेको छु’
‘स्थानीय तहदेखि केन्द्रिय तहसम्म भ्रष्टाचारले ब्रम्हलुटको रुप लिईसकेको
छ’

काठमाडौं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भोलि राष्ट्रिय एकता दिवस देशव्यापी भव्य रुपमा मनाउन र उक्त दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

उनले भने,‘पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई राजनीतिक आस्थासँग जोडेर हेर्नुहुँदैन् । एकीकरणको गौरव र ईतिहाँस कहिल्यैपनि परिवर्तन हुँदैन्।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले भोलि राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आग्रह गरेका छन् ।

उनले भने,‘पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणलाई अपव्याख्या गरेको पनि पाउँदछौं । शाहले एकीकरण गरेको होईन, गोरखा विस्तार गरेका हुन भनेर व्याख्या गरेको पनि पाईयो । तर, दुवैको परिणाम एउटै हो–आधुनिक नेपाल निर्माण । नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्छ ।’


क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भारतमाजस्तै नेपालमा पनि ब्रिटिश साम्राज्यको प्रभाव पार्न खोजिएको भएपनि पृथ्वीनारायण शाहले उनीहरुको षड्यन्त्र असफल पारिदिएको स्पष्ट पारे । उनले भने,‘१७६७ मा सिन्धुलीगढीमा अंग्रेज सेनाहरुलाई पराजित गरेर पृथ्वीनारायण शाहले नेपाललाई स्वतन्त्र राष्ट्र बनाउनुभयो ।’


पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले अहिले राष्ट्रिय एकता कमजोर भएको र राष्ट्रिय पहिचान पनि संकटमा परेकोमा चिन्ता व्यक्त गरे । उनल भने,‘मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण राख्नको लागि पृथ्वीनारायण शाहबाट प्रेरणा लिनुपर्छ ।’ आफ्नो पार्टीले प्रत्येक वर्ष पुष २७ गते देशव्यापी रुपमा राष्ट्रिय एकता दिवस मनाउँदै आएको पनि उनले सुनाए । उनका अनुसार राप्रपाले भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि ३ बजेसम्म चियापान राखेको छ ।


फरक प्रसँगमा उनले आफ्नो पार्टी राप्रपाले नेपाललाई हिन्दूराष्ट्रको रुपमा पूर्नस्थापन गर्न माग राखेर आगामी फागुण ७ गतेबाट जनसंघर्ष गर्न लागेको पनि जनाए । फागुण ७ गते केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु र ७७ वटै जिल्लाका सिडिओहरुलाई हिन्दूराष्ट्र पूर्नस्थापनाको माग राखेर ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय भैसकेको थापाले सुनाए ।


आफूहरुले राखेका मागहरु फागुण मसान्तभित्रपनि पूरा नभए चैत्र १ गतेबाट जनसंघर्ष गर्ने थापाको चेतावनी छ । उनले भने,‘जनसंघर्षको तयारीस्वरुप हाम्रो पार्टीले ७ वटै प्रदेशमा प्रशिक्षण सञ्चालन गरिसकेको छ । अहिले देशका विभिन्न भागहरुमा हिन्दूराष्ट्र पूर्नस्थापना जनजागरण सभा र घरदैलो कार्यक्रमहरु भैरहेका छन् ।’


त्यस्तै आगामी फागुण १५ गतेदेखि फागुण मसान्तसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा पनि पार्टीले गर्न लागेको उनले सुनाए । उनले भने,‘जसरी हामीले विगतमा रथयात्रा गरेर हिन्दूराष्ट्रप्रति जनताको चेतना र आकर्षण बढाउन सफल भएका थियौं, त्यसैगरि यो राष्ट्रिय स्वाभिमान यात्राबाटपनि हिन्दूराष्ट्रका बारेमा र देशले अहिले भोग्नु परेका समस्याहरुको बारेमा जनतालाई जागरुक तुल्याउने र पार्टीले गर्ने संघर्षलाई सफल तुल्याउने रणनीति हाम्रो पार्टीले लिएको छ।’


मुलुकको राष्ट्रिय एकता र अखण्डतामा कहाँबाट संकट आयो भन्न खोज्नुभएको हो ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘बास्तवमा नेपालकै ईतिहाँसमा राष्ट्रिय अखण्डतामाथि पहिलोपटक प्रश्नचिन्ह खडा गरिएको छ । केही समयअघि तराईका केही जिल्लाहरुमा मधेश नेपाल होईन, मधेश स्वतन्त्र देश हो भन्ने ब्यानर र प्लेकार्डसहित प्रर्दशन गरियो । सभा गरियो । तर, दुर्भाग्यवश नजिकै रहेको राज्यसंयन्त्रले त्यसलाई नियन्त्रण गर्ने प्रयाससमेत पनि गरेन । त्यसले विखण्डनकारीहरुको मनोबल बढ्न गएको छ ।’


उनले अहिले सुक्ष्म अवस्थामा रहेको भएतापनि यदि राजनीतिक नेतृत्वले यो राष्ट्रिय अखण्डतामाथि उठेको प्रश्नचिन्हलाई ठिक ढंगबाट सम्बोधन गर्न नसके केही वर्षभित्रमा नै यो राष्ट्रिय सुरक्षाको निमित्त एउटा डरलाग्दो थ्रेटको रुपमा रहनसक्ने खतरा औंल्याए । उनले भने,‘म सरकारसँग विशेष रुपले आग्रह गर्न चाहन्छु, राष्ट्रिय अखण्डतलाई बलियो बनाउने काममा सरकारबाट कुनै कसर बाँकी नराखियोस् । र, राष्ट्रलाई टुक्र्याउँछु भनेर गतिविधि गर्नेहरुलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस् भन्ने मागपनि गर्दछु ।’
आफ्नो पार्टीले राष्ट्रिय एकता र अखण्डताको विषयलाई उच्च प्राथमिकताका साथ उठाईरहेको पनि थापाले विश्वास दिलाए । उनले भने,‘आम जनतालाई यसका बारेमा घच्घचाएर एउटा सशक्त जनमत सिर्जना गर्ने प्रयास गर्दछौं ।’


अध्यक्ष थापाले आफ्नो करिब ४५ वर्षे राजनीतिक जीवन–यात्राको क्रममा आफूले सिकेको महत्वपूर्ण पाठ नै राष्ट्रवादी भन्न सजिलो तर राष्ट्रवादी भएर बाँच्नको निमित्त गाह«ो रहेको सुनाए । उनले भने,‘जब–जब नेपालमा राष्ट्रवादी शक्ति बलियो हुन थाल्दछ, तब–तब त्यो राष्ट्रवादी शक्तिलाई कमजोर बनाउनको निमित्त देशी तथा विदेशी शक्तिहरु क्रियाशिल हुन्छन् । र, त्यसको प्रभावबाटै राप्रपा पटक–पटक फुट्न गएको छ।’


विगतका कमिकमजोरीहरु हटाएर अघि बढ्ने र सबै राप्रपालाई एकीकृत गर्ने र बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न आफूहरु लागिपरेको पनि उनले सुनाए । थापाले भने,‘यही क्रममा केही समय अघि पशुपतिजीले नेतृत्व गर्नुभएको राप्रपा (प्रजातान्त्रिक), डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकीकृत राप्रपा राष्ट्रवादीसँग हामीले सघन रुपमा वार्ता गर्यौं ।’ राणा र लोहनीले उठाएका सबै विषयहरुलाई आफूहरुले सम्बोधन गरेको थापाको जिकिर छ ।


उनले भने,‘सबै विषयहरुमा सहमतिपनि भयो । सहमतिअनुसार नै एकता गर्ने मिति र स्थान् पनि निर्धारण गर्यौं । तर, एकता हुने एक दिन अगाडि हामीलाई आन्तरिक गृहकार्य गर्नकोनिमित्त समय पुगेन, चार÷पाँच दिन समय चाहियो भनेर उहाँहरुले भन्नुभएको थियो । तर, अहिले चार/पाँच दिनमात्रै होईन, चार÷पाँच हप्ता, महिनौं बितिसकेको छ । अब म प्रतिक्षा गरेर बसिरहेको छु ।’
आफ्नो पार्टीले राजसंस्थाको एजेण्डा नछोडेको पनि उनले जिकिर गरे । उनले थपे,‘हामीले यो एजेण्डा छोडेका छैनौं । सँधै, हरेकपटक जोडेर हिँड्नुपर्ने आवश्यकत्ता छैन् । हाम्रो एजेण्डाको रुपमा यो यथावत छ।’


पोखरामा तपाई र पूर्वराजा ज्ञानेन्द्रबीच भएको भेटवार्तामा के–के कराकानी भएको थियो भनेर पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा थापाले भने,‘पार्टीको प्रशिक्षणको कार्यक्रम थियो । त्यही सिलसिलामा म पोखरा पुगेको थिएँ । पोखरा जाँदाखेरि राजा ज्ञानेन्द्रपनि निजी भ्रमणमा पोखरामै रहेको थाहा भयो । र, मैले उहाँसँग माउन्ट ग्लोरी फरेष्ट रिसोर्टमा करिब डेढ घण्टाजति शिष्टाचार भेट गरें । त्यो शिष्टाचार भेटको क्रममा देशको समयसामयिक परिस्थितिका बारेमा विचार आदान–प्रदान भयो । देशको बिग्रँदो अवस्थाप्रति राजा ज्ञानेन्द्रमा चिन्ता रहेको पाएँ ।’
धमलाले आफूले ज्योतिषहरुसँग लिएको अन्र्तवार्तामा उनीहरुले पूर्वराजा ज्ञानेन्द्र २०७६ सालमा पूर्नस्थापना हुने दाबी गरेका छन् नि, तपाईलाई के लाग्छ ? भनेर राखेको अर्को जिज्ञासामा थापाले हाँस्दै भने,‘ऋषिजी तपाईको मुखमा दुधभात परोस् । ज्योतिषहरुको मुखमा पनि दुधभात परोस् ।’


थापाले वर्तमान दुई तिहाईको सरकारबाट जनताले यो एक वर्षमा परिवर्तनको अनुभुति गर्न नपाएको गुनासो पोखे । उनले भने,‘दुई तिहाईको सरकार गठन भएको एक वर्ष पुग्न लाग्यो, तर जनताले यो अवधिमा परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । यो बीचमा शान्ति, सुरक्षाको अवस्था बिग्रिएको छ । महिलाविरुद्धका हिंसा, बलात्कारका घट्ना तिव्र रुपमा बढिरहेका छन् । तर, सरकारले आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको छैन् ।’


त्यस्तै, थापाले मुलुकमा भ्रष्टाचार व्यापक भएको पनि आरोप लगाए । उनले भने,‘स्थानीय तहदेखि लिएर केन्द्रिय तहसम्म भ्रष्टाचारले ब्रम्हलुटको रुप लिईसकेको छ । वाईडबडी हवाईजहाज खरिद काण्ड भ्रष्टाचारको श्रृंखलामा थप कडी हो । यस सम्बन्धमा संसदीय समितिले निश्कर्षसहितको प्रतिवेदन दिईपनि सकेको छ । अब त्यो प्रतिवेदनअनुसार सरकार र अख्तिया दुरुपयोग अनुशन्धान आयोगबाट कारबाही हुनेछ भन्ने मैले अपेक्षा राखेको छु ।’


थापाले विगतमा भएका ३८ क्विन्टल सुन तस्करीको काण्ड र साँढे ३३ केजी सुन काण्डलगायतका भ्रष्टाचारहरु, ऐनसेलको कर छली प्रकरण, राजश्व छलीका काण्डहरुमा समेत सरकार र अख्तियार दुरुपयोग अनुशन्धान आयोगले छानबिन गरेर कानुनबमोजिम कारबाही अगाडि बढाओस भनेर पार्टीको तर्फबाट आग्रह पनि गरेका थिए ।